शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • गुल्मीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ६ जना घाइते

गुल्मीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ६ जना घाइते

  • शुक्रबार, अशोज २९, २०७८
गुल्मीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ६ जना घाइते

तम्घास– गुल्मीको रेसुंगा नगरपालिकामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

दशैं मनाउन बुटवलबाट सदरमुकाम तम्घासतर्फ जाँदै गरेकाहरु दुर्घटनामा पर्दा गुल्मीको मुसिकोट नगरपालिकाका दुई महिला र एक पुरुषको मृत्यु भएको हो ।

मृत्यु हुनेमा गुल्मीको मुसिकोट नगरपालिका २ जलजला बस्ने ७० वर्षीय क्षेत्र बहादुर थापा, सोही ठाउँकी ४० वर्षीया राधिका थापा र मुसिकोट नगरपालिका ३ नेटाकी १९ वर्षीया संगीता सुनार रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । उनीहरु तीनै जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

लु १ ज ४४९० नम्बरको जिप गएराति ११ बजेतिर रेसुंगा नगरपालिका– १० छहरा भन्ने स्थानमा सडकबाट करिब ५ सय मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा जिप चालकसहित ६ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा जिप चालक मुसिकोट नगरपालिका–२ जलजलाका २६ वर्षीय कमल थापा, सोही ठाउँका ४३ वर्षीया खिमा थापा, ३८ वर्षीया जुना थापा र ३६ वर्षीय राजु थापा छन् ।

यसैगरी मुसिकोट नगरपालिका–३ नेटा बस्ने ४७ वर्षीया सुमित्रा सुनार र चितवनको भरतपुर नगरपालिकाकी ५० वर्षीया राधा केसी पनि दुर्घटनामा घाइते भएका छन् ।

घाइतेहरुमध्ये खु्ट्टामा चोट लागेका राजु थापा डिस्चार्ज भएका छन् भने अन्यलाई पाल्पाको प्रभासमा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार