शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • तास खेलेको आरोपमा १६ जना पक्राउ

तास खेलेको आरोपमा १६ जना पक्राउ

  • शुक्रबार, अशोज २२, २०७८
तास खेलेको आरोपमा १६ जना पक्राउ

मध्यरातमा हल्ला गरेर तास खेलेको आरोपमा प्रहरीले भक्तपुरको चाँगुनारायणबाट १६ जनालाई पक्राउ गरेको छ । गएराति चाँगुनारायण नगरपालिका–४ खोरियागाउँस्थित ईश्वर तामाङको पुल हाउसबाट तास खेल्नेहरुलाई पक्राउ गरिएको भक्तपुरका एसपी शिव कुमार श्रेष्ठले बताए ।

जुवा खालबाट प्रहरीले ४१ हजार नगद बरामद गरेको छ । पक्राउ पर्नेमा पुल हाउसका संचालक ईश्वर तामाङ, चाँगुनारायण नगरपालिका बस्ने विष्णु बहादुर तामाङ, अजय पुडासैनी, तिलक तामाङ, सुजन तामाङ र सुमित तामाङ सहित १६ जना छन् । आरोपीहरुलाई जुवा ऐनमा मुद्दा चलाइने एसपी श्रेष्ठले बताए ।

आरोपीहरुले मनोरञ्जन गर्ने उद्देश्यले जुवा खेलेपनि मध्यरातमा होहल्ला गरेर अरुलाई डिस्टर्ब गरेको हुनाले प्रहरीले मुद्दा चलाउने निर्णय गरेको छ । यसअघि असोज १५ मा सोही ठाउँमा सुमन तामाङको घरमा संचालित जुवा खालबाट पक्राउ गरिएका ४ जना जनही ६ हजार धरौटी तिरेर छुटेका छन् ।

चर्चामा

सम्बन्धित समाचार