शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • म आगो बाल्छु!लघुकथा।

म आगो बाल्छु!लघुकथा।

  • बिहिबार, अशोज २१, २०७८
म आगो बाल्छु!लघुकथा।

सुरेशकुमार पान्डे — अब म यो सरकारको बिरुद्धमा आगो बाल्छु।देशलाई नर्क बनाएं,बिदेशीहरुलाई भित्राय अब हामिले गर्ने भनेको देशमा आगो बाल्नु हो!संसद भत्काउँनुहो!तररररर तालिले स्वागत गर्छन। ठुलो चौरमा भरिभराउ जनताछन।
एक पछि आर्को बक्ता आगो नै बाल्ने कुरागर्छन।सेते भाषण सुनेर एउटा कुनामा बसेको थियो।यता उता स्वांसेबकहरु लैफ्राईट गर्दै बसेका जनताहरु घेरेका थिए।कसैका हातमा लाठी थिए,कसैले नेताहरुको पुस्तक बेच्दैथिए।मञ्च बाट-आदर्णिय साथिहरु हामिले चाँह्यौ भने यो देशलाई ठप्प पार्न सक्छौँ,चक्का जाम गर्न सक्छौँ।हेर्नुश त यो चौरमा जुटेका जनता!तरररर फेरी तालि बज्छ।नेताले उखान र टुक्का सुनाएकाछन अनि जनताले तालि पिटेकाछन।हो हामिले बनाएको सम्बिधान तर यो हाम्रो कामको छैन त्यसकारणले सम्बिधान जलाउनुपर्छ!तरररर तालि बज्छ।
कार्य क्रमा पार्टी प्रवेसको थियो हिंजो आफुलाई क्रान्तिकारी भन्नेहरु आज रातो अबिर लगाएर नेताहरु बसेको मञ्चको अगाडी थिए।फुलका माला लगाएका जोस्तो ठुलो युद्ध जीतेर आएका हुन।यो देखे पछि सेतेलाई आफु जेलबाट निक्लिने बेलाको शंझना भयो।त्यतिबेला जेलको गेट बाहिर सयौं साथिहरु अबिर र फुलका माला लिएर स्वागत गरेका थिए।त्यो बेला सेतेहरुले एकमैनाजति आफ्नो मागलाई लिएर आन्दोलन गर्दा जेल परेका लाठि खाएकाहरु माग पुरा गराएरै जेलबाट निस्केका थिए।त्यो बेला साथिहरुले लगाएको कति अमूल्य लाग्थ्यो त्यो फुल कति मङ्ग मङ्ग बसाउँथ्यो।
त्यस बाहेक कहिले कसैले पनि अबिर र माला लगाई दिएनन्।साहिद यति राम्रो काम गर्न सकेको थिएनहोला।
आज भोलि अबिर लाउँन युद्ध लड्नु पर्ने रैनछ मात्र आफ्ना साथिहरु सँग गद्धारी गरे पछि अविर र फुलका माला लगाई दिंदा रहिछन।
यस्तो मूल्य हिन त्यो अविर अनि फुल।सेते मनैमन कतै हराएको थियो।
दाजू अगाडि गएर बस्दिनुपय्रो!सामुन्ने बाट आएको नौलो आवाजले उस्को ध्यन अबिचलित भयो।उसले उक्त रातो साफा गलामा बाँधेको कलिल उमेरको ठिटालाई पिर्लुक्क हेर्यो।दाई अगाडि भयर बसौंन!उस्ले फेरी अनुरोध गय्रो।
एक जना स्वायम सेवक सेतेको नजिकै आएर मञ्चको सामुन्ने बस्न आग्रा गर्छ।सुन त भाई!सेते ले उक्त स्वांय सेवक लाई आफ्नो कुरा सुन्न अनुरोध गर्छ!भन्नुस दाजु मिठो बोलिले मुस्कुराउँदै भन्छ।भाई यिनिमान्छेहरु कुन युद्ध जितेर आएका हुन?होईन पार्टीमा प्रवेश गरेका हुन!नयाँ हुन?फेरी सोध्छ सेतेले!सांच्चै भनम?त्यो स्व़ाम सेवकले भन्छ अनि अरु नजिकै आएर यिनले आफ्नो ईमान बेचेका हुन,यो कार्यक्रम त देखाउँनलाई हो।तर यिनिहरुको यो पार्टीमा त्यो भित्रे सम्मान पाउँने चान्स छैन!त्यो स्वांम सेबकले सेतेको कानमा खुसुक्क भन्छ।अनि त्यँहा बाट अगाडि बढ्छ!सेतेले त्यो किसोरलाई अलि पर पुग्दा सम्म नियालि रहंछ।
हो केटाले भनेको कुरा सेतेलाई पनि चित्त बुज्छ।जस्ले आफु बसेको घरमा फाटो हालेर भागेको हुन्छ त्यसको कस्ले पो सम्मान गर्दोहोर?यो त स़ाच्चै देखाउँन उनिहरुलाई सिंगारेको मात्रै रैछ।अनि सबैले आगो लगाउँने मात्रै भन्छन आगो बुझाउँने त कसैले पनि भन्दैनन किनहोला?के आगै लगाएर मात्रै देशको बिकास हुन्छ त?सेतेले मनैमन सोंच्छ।
हिंजो एमसीसी को बिरोध गर्नेहरुपनि आज एमसीसी पासगर्ने खेमामा गएका हुन्छन।हिंजो एम सीसी पास भय आगो लगाउँछु भन्थे आज एम सीसी पास नभय आगो लाउँछु भन्ने तिर जाँदा त अबिर फुलका माला किन नलगाउँ त?कतिपयले त एमसीसी पास भयो भने सरकार गिराउँछु भन्छन।
के भयो हाम्रो देशमा नेताहरुलाई।किन गोरु भिरबाट लोटेपछि राम राम भन्नु भन्दा भिरमा जांन नदिएर बचाए त हुँन्थ्यो।सेतेले गनगन गर्दै अगाडि बढ्छ।
यो देशभित्रका जनता किन यस्ता भयौँ कहिले सचेत र सँगठित हुन नसक्ने?सेतेलाई थाहाछ सात दशक जति जनता सम्बिधानका लागि लडे।हजारौंको ज्यान गयो तर देशमा आगो लगाउँने बाहेक आगो बुझाउँन कसैले पनि खोज्दैन।

चर्चामा

सम्बन्धित समाचार