शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • यसपालिको दशैँमा पनि पानी पर्ने सम्भावना

यसपालिको दशैँमा पनि पानी पर्ने सम्भावना

  • मङ्लबार, अशोज १९, २०७८
यसपालिको दशैँमा पनि पानी पर्ने सम्भावना

काठमाण्डौ — यसपालिको दशैँमा पनि पानी पर्ने सम्भावना रहेको छ। मनसुन अझै केही दिन रहने भएकाले दशैँमा पनि पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार अहिलेसम्मको प्रक्षेपणले यो हप्ताभरि नै मनसुन रहने अनुमान गरिएको छ। दशैँको घटस्थापना सुरु हुन अब दुई दिन मात्रै बाँकी छ। यसपालिको दशैँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको बताइएको छ।

दशैँ नजिकिएसँगै यात्रुहरु गाउँ घर जान थालिसकेका छन्। पानी पर्ने सम्भावना रहेकाले पहिरोको जोखिम हुने भन्दै यात्रा गर्दा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

यस्तै, मौसमविद् मानन्धरले यसपालि दशैँ पछि पनि पानी पर्ने सम्भावना रहेको बताए। अक्टोबर र नोभेम्बरमा पोस्ट मनसुनका गतिविधि हुने भएकाले दशैँ पछि पनि पानी पर्ने मौमि पुर्वानुमान महाशाखाले जनाएको छ।

यसपालि मनसुन सुरु भए पछि औसतभन्दा धेरै भइसकेको छ। गएको जेठ २८ गते नेपालमा मनसुन भित्रिएको थियो। मौसमविद्ले मनसुन सुरु हुनु अगावै यसपालि धेरै पानी पर्ने अनुमान गरेका थिए।

चर्चामा

सम्बन्धित समाचार