शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • बझाङमा एक महिला मृत फेला

बझाङमा एक महिला मृत फेला

  • बुधबार, अशोज १३, २०७८
बझाङमा एक महिला मृत फेला

बझाङ — बझाङको जयपृथ्वी नगरपालिका १०स्थित सेती नदीको पुल मुनी एक महिलाको शव भेटिएको छ । सदरमुकाम चैनपुरको पानकोट पुल मुनी करिब २५ वर्षीय महिलाको बुधवार बेवारिसे अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

पानकोट पुलमुनी नदीको किनारमा ग्याविन जालीमा अड्किएको अवस्थामा महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी रूपक खड्काले जानकारी दिनुभयो ।
महिलाको शव पहिचान गर्न नसक्ने अवस्थामा रहेको उनले बताए ।
प्रहरीका अनुसार अहिले तलकोट गाउँपालिका धमेनाकी महिला केही दिनदेखि घरबाट हराएको आफूलाई जानकारी आएको बताए । अहिले आफन्तहरू घटना स्थलतर्फ आइरहेको छन् ।

चर्चामा

सम्बन्धित समाचार