सोमवार, कार्तिक ८, २०७८
  • होमपेज
  • बडिमालिका
  • नेपाली काँग्रेस बाजुराको नौ ओटै स्थानिय तहको निर्बाचन सकियो

नेपाली काँग्रेस बाजुराको नौ ओटै स्थानिय तहको निर्बाचन सकियो

  • मङ्लबार, अशोज १२, २०७८
नेपाली काँग्रेस बाजुराको नौ ओटै स्थानिय तहको निर्बाचन सकियो

बाजुरा — नेपाली काँग्रेस बाजुराको नौ ओटै स्थानीय तहको निर्बाचन सम्पन्न भएको छ । जिल्लाको त्रिबेणी नगरपालिका बाहेक अन्य स्थानीय तहमा सर्बसम्बत गरी पदाधिकारी चयन गरिएको छ ।

त्रिबेणी नगर कार्य समितिमा मात्रै निर्बाचन गरी गरी गाउँ तथा नगर अधिबेशन सम्पन्न भएको नेपाली काग्रेस प्रचार प्रशार समितिका प्रेम रौलेले बताएका छन ।

बुढिनन्दा नगरपालिकामा डबल बहादुर खड्काको सभापतित्वमा नगर कार्य समिति गठन गरिएको छ । त्यसै गरी हिमाली गाउँपालिकामा अम्मलाल कार्कि, जगन्नाथ गाउँपालिकामा सुन्दर बहादुर बिष्ट, स्वामिकार्तिक खापर गाउँपालिका महेश कट्टेलको सभापतीत्वमा गाउँपालिका कार्य समिति गठन गरिएको नेपाली काग्रेस अधिबेशन मुल आयोजक समितिले जनाएको छ ।

त्यसै गरी बडिमालिका नगरपालिका गोपाल कार्कीलाई सर्ब सम्बत गरेको छ । गौमुल गाउँपालिका राज बहादुर धामि, त्रिबेणी नगरपालिका ः सुरेन्द्र राज गिरी, बुढिगङ्गा नगरपालिकामा जयराज उपाध्याय र खप्तड छेडेदह गाउँपालिकामा हर्क बहादुर रावत सभापती भएका छन ।

चर्चामा

सम्बन्धित समाचार