बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाचार
  • कपनबाट ढलमा खसेर हराएका बालकको शव ललितपुरमा फेला

कपनबाट ढलमा खसेर हराएका बालकको शव ललितपुरमा फेला

  • आइतवार, अशोज १०, २०७८
कपनबाट ढलमा खसेर हराएका बालकको शव ललितपुरमा फेला

कपनको मिलनचोकबाट ढलमा खसेर बेपत्ता भएका १० वर्षका बालक उज्ज्वल विश्वकर्मा मृत फेला परेका छन् । ललितपुरको बागमती गाउँपालिका–१ स्थित घुसेलमा उनको शव भेटिएको ललितपुरकी एसएसपी किरण बज्राचार्यले  बताइन् ।

असोज ४ मा साँझ ढलमा खसेका विश्वकर्माको शव घुसेलस्थित बागमतीको किनारमा भेटिएको हो । उनको कपडाबाट परिवारले शव पहिचान गरेका छन् । घुसेल ललितपुरको दुर्गम ठाउँ हो । बागमती नदी किनाराबाट मुल सडक सम्म शव ल्याउन करिब २ घण्टा पैदल हिँड्नुपर्छ ।​ उज्ज्वलको अनुहार चिन्न नसकिने अवस्थामा छ । शव पोष्टमार्टमका लागी पाटन अस्पतालमा ल्याइने एसएसपी बज्राचार्यले बताइन् ।

चर्चामा

सम्बन्धित समाचार