शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाचार
  • बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

  • शुक्रबार, अशोज ८, २०७८
बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

विराटनगर — कोसी लोकमार्ग अन्तर्गत मोरङको बूढीगंगा गाउँपालिका–२ मा यात्रुबहाक बसको ठक्करबाट बिहीबारसाँझ साइकल यात्रीको मृत्यु भएको छ । को १ ख ७५४८ नम्बरको बसले ठक्कर दिँदा संखुवासभा घर भइ मोरङको बेलबारी नगरपालिका–८ मा बस्दै आएका ५१ वर्षीय देवेन्द्र पन्तको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार साइकलमा सडक पार गर्ने क्रममा बसले ठक्कर दिँदा पन्त गम्भीर घाइते भएका थिए ।
उनको उपचारका क्रममा विराटनगरको कोसी अस्पतालमा साँझ ७ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साइकल यात्रीले अचानक बाटो काट्दा दुर्घटना भएको हो ।
बस चालक सुनसरीको बराहक्षेत्र–५ का ५३ वर्षीय शिवबहादुर पौडेललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी श्रेष्ठले बताए ।

चर्चामा

सम्बन्धित समाचार