बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • बालिका बलात्कारका आरोपीलाई छुटाउन आफन्तको दबाब

बालिका बलात्कारका आरोपीलाई छुटाउन आफन्तको दबाब

  • बिहिबार, अशोज ७, २०७८
बालिका बलात्कारका आरोपीलाई छुटाउन आफन्तको दबाब

सुनसरी  — सुनसरीमा बालिका बलात्कार आरोपमा जेल परेका अभियुक्तलाई छुटाउन उनका आफन्तले दबाब दिन थालेका छन् । जसकारण पीडित बालिका र उनको परिवार असुरक्षित भएको छ । सुनसरी वराहक्षेत्र–६ की १६ वर्षीया दलित बालिका बलात्कार आरोपमा पुर्पक्षका लागि जेल चलान भएका २९ वर्षीय रामकुमार यादवलाई छुटाउन आफन्तले दबाब दिन थालेपछि पीडित परिवार असुरक्षित बनेको हो ।

बालिकाको परिवारका अनुसार अभियुक्तका आफन्तहरूले पीडित बालिका र उनको परिवारलाई अदालतमा बकपत्र गर्दा आफूलाई कसैले बलात्कार नगरेको भन्दै बयान फेर्न धाकधम्की र विभिन्न प्रलोभन दिँदै दबाब दिइरहेका छन् । पीडक पक्षले कतै प्रत्यक्ष भेटेर त कहिले मोबाइलमार्फत बकपत्रमा बयान नफेरे जे पनि हुन सक्छ भन्दै धाकधम्की दिने गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार