बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • त्रिवेणी
  • युवा नेता गिरीद्वारा त्रिबेणी नगरसभापतीको उम्मेदवार घोषणा

युवा नेता गिरीद्वारा त्रिबेणी नगरसभापतीको उम्मेदवार घोषणा

  • बिहिबार, अशोज ७, २०७८
युवा नेता गिरीद्वारा त्रिबेणी नगरसभापतीको उम्मेदवार घोषणा

बाजुरा — त्रिवेणी नगरपालीका नेपाली काँग्रेसको त्रिबेणी नगरपालिकाको नगर सभापतीमा नेता सुरेन्द्रराज गिरिले आफ्नो उम्मेद्धारी रहने बताएका छन । १४औँ महाधिबेसन तथा ७ औँ जिल्ला अधिबेशनको तयारीमा रहेको नेपाली काँग्रेस बाजुरामा एक पछि अर्कोले आ-आफ्नो उम्मेद्धारी दिने तयारीका साथ नेता सुरेन्द्रराज गिरिले पनि त्रिवेणी नगरपालिकाको नगर सभापतीमा आफ्नो उम्मेद्धारी रहेको बताएका छन ।
असोज ६ गते त्रिबेणी नगरपालिका वडा न.८ को नगरअधिबेशनमा सुभकामना मन्तव्य दिदै आफू नेतृत्व लिन योग्य र सक्षम रहेकोले सबै लाई सहयोग गर्न अनुरोध गरेका थिए । नया सोच र परिवर्तनका संवाहक ,नेपाली काङ्ग्रेस को आधार इलाका त्रिबेणि नगरपालिकाको जग लाई थप बलियो र नया उचाईमा पुर्याउनु आफ्नो लक्ष्य रहेको गिरिले बताएका छन ।

गिरी हाल नेपाली काङ्ग्रेस त्रिवेणि नगरपालिकाको सचीव रहेका छन । त्रिबेणि नगरपालिकामा उनी पार्टीको पछिल्लो पुस्ताको जिम्मेवार , इमानदार र जुझारु योद्धाका रुपमा चिनिदै आएका छन ।
गिरीले पहिले देखि राजनितिमा खटिएर आफुले पाटीलाई बलियो बनाउने र महिला, दलित र पिपन्न गरिब जनताका हकहितका आवजहरुलाई उठाउदै आज यहाँ सम्म आईपुगेको बताए । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन तथा बाजुराको सातौँ जिल्ला अधिवेशनको तयारीमा रहको बाजुरामा नेपाली कांग्रेसका शिर्ष स्थानमा रहेका नेता तथा बिभिन्न भातृ संगठनको नेतृत्व समाल्दै आएका नेताहरुले वडा देखी केन्द्र सम्मको बिभिन्न पदमा उम्मेद्धारी घोषण गरिरहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार