बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • समाचार
  • कञ्चनपुरमा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु

कञ्चनपुरमा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु

  • बुधबार, भदौ ३०, २०७८
कञ्चनपुरमा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु

कञ्चनपुर — एम्बुलेन्सको ठक्करबाट कञ्चनपुरको कृष्णपुर नगरपालिकामा एक जनाको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका–५ का ४५ वर्षीय कृष्णबहादुर ऐरको बुधबार एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको हो ।

पूर्वपश्चिम राजमार्गको कृष्णपुर नगरपालिकाको गुलरिया नजिकै कैलालीको अत्तरियाबाट महेन्द्रनगरतर्फ आउँदै गरेको म १ च २८८ नम्बरको एम्बुलेन्सले साइकलमा दूध बोकेर जाँदै गरेका ऐरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

एम्बुलेन्सको ठक्करबाट घाइते भएका ऐरको उपचारका क्रममा धनगढीको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानलेले बताए । एम्बुलेन्सका चालक भीमदत्त नगरपालिका–१६ का ४० वर्षीय गणेश विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

क्षतिपूर्तिको माग गर्दै स्थानीय बासिन्दाले बिहानैदेखि पूर्वपश्चिम राजमार्गको गुलरिया क्षेत्रमा सडक अवरुद्ध गरेका थिए । अवरुद्ध सडक अहिले खुलिसकेको छ ।

चर्चामा

सम्बन्धित समाचार