मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • कला /साहित्य
  • कविता-“जम्काभेट”

कविता-“जम्काभेट”

  • सोमवार, भदौ २८, २०७८
कविता-“जम्काभेट”

म आफ्नै कल्पनामा लिन
आफ्नै गन्तव्यको बाटोमा ब्यस्त
मनभरी जिन्दगीका सपना बुन्दै मस्त
हतार-हतार
कोठा देखि अफिस सम्मको सफर
सादा जीवनमा
पुरानै धोएर नौलो बानाइ सजिएको म
कपालमा कालो क्याप टोपी
रातो स्वेटर बाहिर
अलिकति नौलो इस्टकोट
पुरानै जिन्सको प्वाइन्ट र जुत्ता
एक हातमा मोबाइल
र,
अर्को हातमा स्टीले थर्मस ।
तिमी भने,
आहा क्या ! सुन्दरी भन्न लायक
एक धर्ती कि साक्षात अप्सरा !
बाक्लो र कालो कपाल
कुर्ता बाहिर रातो ज्याकेट
तल प्वाइन्ट र महंगो चप्पल
भो सक्दिन म बयान गर्न
धेरै पछिको जम्का भेट
सोच्दै नसोचेको एक दिवास्वप्ना
म त ट्वाल्लै
मेरा कथित नजर
मैले भर्न नसकेको त्यही सिरमा पर्यो
खाली सिउँदोले मलाई गिज्याइ रहेछ
कसै कि दुलही बनेकिको त्यो
निधारमा त रातो टीकासम्म हुनुपर्ने
त्यहीं ठोकीए मेरा अल्लारे नजर
जहाँ कुनै दिन मेरै चुम्बनले वर्षा हुन्थ्यो ।
बोलिनौ तिमी मै बोले
आखिर कहाँ मान्दोरहेछ र यो मन
आफ्नालाई नबोल्न
त्यो जम्काभेटमा
मेरो मुटुको चाल नबढेको कहाँ होर
यसका सांक्षी त मेरा अफिसका सबै छन्
थरथर कम्पित स्वरमा म बोलेको ।
बस हिड्दै यत्ति बोल्न भ्याए छु
कहाँबाट आयौ ?
कलेजबाट ?
उत्तरमा
मलिन सवर
अँ…!
मलाई लाग्यो अचेल त
हजुर भन्ने बानी हटीसकेछ
बिहे गरेर…
अनि,
अफिसमा
कुर्सीमा गएर थचक्क बसे
बडो बेतालमा
धन्नै घुम्ने कुर्सी भागेन
लामो साससँगै मनमनै सोचें
जे नहुनु पर्ने थ्यो त्यही भयो
आज,
तिम्रो मेरो जम्काभेट भयो ।
जसले फेरि मन खल्बलि बनायो

अतीतलाई ब्यूझायो ।

चर्चामा

सम्बन्धित समाचार