मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • समाचार
  • बझाङ जिपले ठक्कर दिँदा एक बालकको मृत्यु

बझाङ जिपले ठक्कर दिँदा एक बालकको मृत्यु

  • शुक्रबार, भदौ २५, २०७८
बझाङ जिपले ठक्कर दिँदा एक बालकको मृत्यु

शिवजी मण्डेल/ बझाङ — बझाङमा जिपले ठक्कर दिँदा एक जना बालकको मृत्यु भएको छ । केदारस्युँ गाउँपालिका ४ घर भएका अनिल रावलका ४ वर्षीया छोरा योगेन्द्र रावललाई जिपले ठक्कर दिँदा मृत्युु भएको हो ।

केदारस्यूँ गाउँपालिका १ देउरादेखि बाग्थाला जानेक्रममा से १ ज ९६८ नम्बरको जिपले बिहीबार साँझ ७.३० बजे ठक्कर दिँदा रावलको उपचारका क्रममा रायल स्वास्थ्य चौकीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी रुपक खड्काले जानकारी दिनुभएको छ । गाडी चालक भने फरार रहेका छन् ।

फरार चालकको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार