शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • ९ वर्षीया बालिकालाई करणी गरेको आरोपमा भारतीय नागरिक पक्राउ

९ वर्षीया बालिकालाई करणी गरेको आरोपमा भारतीय नागरिक पक्राउ

  • बिहिबार, भदौ २४, २०७८
९ वर्षीया बालिकालाई करणी गरेको आरोपमा भारतीय नागरिक पक्राउ

कपिलवस्तु — कपिलवस्तुमा ९ वर्षीय बालिकालाई करणी गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको उत्तरप्रदेश घर भई हाल शिवराज नगरपालिका ५ डिहवा बस्ने अन्दाजी ४० वर्षीय नविन हुसेन अन्सारीलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक शंकर आचार्यले बताउए ।

अन्सारीले ती बालिकालाई भदौ २१ गते रातको समयमा पैसा दिने प्रलोभनमा पारी जवरजस्ती करणी गरेको पिडित परिवारको भनाई रहेको छ । अन्सारी १२ वर्ष देखि चन्द्रौटा क्षेत्रमा बस्दै आएका थिए ।

करणी पश्चात फरार रहेका उनलाई २२ गते नै पक्राउ गरिएको निरिक्षक आचार्यले बताउनुभयो । अहिले मुद्धा दर्ता गरी अदालतवाट म्याद थप गरि अनुसन्धान भइरहेको कपिलवस्तु प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार