बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कला /साहित्य
  • अब त बिद्रोहको ज्वाला बालौँ आउ जनता,

अब त बिद्रोहको ज्वाला बालौँ आउ जनता,

  • बिहिबार, भदौ २४, २०७८
अब त बिद्रोहको ज्वाला बालौँ आउ जनता,

अब त बिद्रोहको ज्वाला बालौँ आउ जनता,
एम सीसीकै शुरक्षा घेरा ढालौँ आउ जनता।

जुन आए पनि आउने गर्छ दुश्मन देश भित्र,
संसदको कु रितिलाई पखालौँ आउ जनता।

सुःख छैन शान्ति छैन यँहा संघियताले पनि,
नौलो जनवादी क्रान्तिनै थालौँ आउ जनता।

अब तिम्रो हाम्रो शंघर्ष बिना देश जोगि दैन,
मात्रृत्वाकै भुमिमा मायाँ पालौँ आउ जनता।

नसा नसा मा सिरा सिरा मा बग्ने रगत हाम्रो,
देशको लागि मोर्चा नै समालौँ आउ जनाता।

तिम्रो हाम्रो आंट भए के हुनसक्दैन देशभित्र,
ज्वाला बनौँ पत्थरलाई पगालौँ आउ जनता।

देश बिदेश जँहा भय पनि सेतेहरु जुटौँ उठौँ,
एमसीसी बिरुद्ध शंघर्ष उछालौँ आउ जनता।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार