शुक्रबार, असार १२, २०८३
  • होमपेज
  • समाचार
  • आजदेखि मौसममा सुधार, केही स्थानमा वर्षा

आजदेखि मौसममा सुधार, केही स्थानमा वर्षा

  • बिहिबार, भदौ २४, २०७८
सेयर गर्नुहोस् :
आजदेखि मौसममा सुधार, केही स्थानमा वर्षा

हाल नेपालमा भारतको मध्य प्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ भने मनसुन न्यून चापीय रेखा औसत स्थान नजिक रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश नं १, प्रदेश २ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भएको छ।

बिहीबार देशभर सामान्य बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । शुक्रबार र शनिबार पनि देशभर सामान्य बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार