शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • समाचार
  • खुकुरीले श्रीमतीको ढाडमा प्रहार गरेर हत्या गरेपछि श्रीमानले गरे आत्महत्या

खुकुरीले श्रीमतीको ढाडमा प्रहार गरेर हत्या गरेपछि श्रीमानले गरे आत्महत्या

  • शनिबार, भदौ १२, २०७८
खुकुरीले श्रीमतीको ढाडमा प्रहार गरेर हत्या गरेपछि श्रीमानले गरे आत्महत्या

विराटनगर —  भोजपुर षडानन्द नगरपालिका -९ तालखर्क का ४० बर्षीय बुद्दीमान राईले आफ्नै श्रीमतीको हत्या गरेर आत्महत्या गरेका छन् ।

शनिबार बिहान साढे १ बजे उनले आफ्नै श्रीमती २८ बर्षीया ईन्द्रकला राईलाई धारिलो हतियार खुकुरीले ढाडमा प्रहार गरी हत्या गरेका थिए ।

त्यसलगत्तै आफूले पनि घरबाट अन्दाजी ४० मिटर टाढा रहेको दुधिलोको रुखमा झुन्डिएर आत्महत्या गरेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

प्रहरीका अनुसार घटनास्थलमा आमालाई खुकुरी प्रहार गरेको देखेर उनीहरुकै ८ बर्षीय छोराले स्थानीयलाई खबर गर्न गएका थिए ।

स्थानीयबासी घटनास्थलमा पुग्दा ईन्द्रकला राईको मृत्यु भई सकेको र उनको पतिलाई खोजी गर्दा झुन्डिएको अवस्थामा शव फेला परेका थिए ।

घटनास्थलको ईलाका प्रहरी कार्यालय साङपाङ र ईलाका प्रहरी कार्यालय तिवारी भञ्ज्याङबाट प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार