
काठमाडौँ — पूर्वीनवलपरासीको एक होटलमा युवतीको मृत्यु भएको छ। जिल्लाको त्रिवेणीधाममा रहेको होटल शाही प्यालेसमा बास बसेकी १८ वर्षीया साइना अन्सारीको मृत्यु भएको प्रहरीले बताएको छ।
जिल्ला प्रहरीका डिएसपी दिलीप गिरीकाअनुसार शुक्रबार राति पश्चिम नवलपरासी रामग्राम नगरपालिका -१२ का एक युवकसँग अन्सारी बास बस्न आएकी थिइन्। पेट दुखेर राति नै चौपत्तास्थित सामुदायिक अस्पताल लगिएकी अन्सारीको अत्यधिक रक्तश्राव भएर मृत्यु भएको अस्पतालले जनाएको छ।
युवतीसँगै होटल गएका परासीका अजय राजभर र युवती एकै गाउँका रहेको अनुसन्धानबाट खुलेको र अजय अस्पतालबाटै फरार भएका प्रहरीले बताएको छ। घटना शंकास्पद रहेको र अनुसन्धान भइरहेको बताइएको छ।


