शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • कञ्चनपुरमा दुई लाख ७३ हजारको चिनी बरामद

कञ्चनपुरमा दुई लाख ७३ हजारको चिनी बरामद

  • बिहिबार, साउन १४, २०७८
कञ्चनपुरमा दुई लाख ७३ हजारको चिनी बरामद

धनगढी — भारतबाट ल्याएको अवैध चिनी प्रहरीले कञ्चनपुरमा बरामद गरेको छ । बिहीबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले भीमदत्त नगरपालिका–१ भाँसीस्थित १८ वर्षीय बिक्की गुप्ताले भन्सार छली गरेर ल्याएको दुई लाख ७३ हजार बराबरको चिनी बरामद गरिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले ४२ क्वीन्टल अवैध चिनी बरामद गरेर आवश्यक कारबाहीका लागि चिनी ल्याउने व्यक्तिसहित गड्डाचौकी भन्सार कार्यालयमा बुझाइएको जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार