शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • विचार/ब्लग
  • साम्राज्यावादको विस्व कब्जा गर्ने नीति!

साम्राज्यावादको विस्व कब्जा गर्ने नीति!

  • बिहिबार, साउन ७, २०७८
साम्राज्यावादको विस्व कब्जा गर्ने नीति!

सुरेशकुमार पान्डे — साम्राज्यावादले विस्वमा आफ्नो अधिपत्य जमाउँन पहिलो पुँजिवादको बिकास भैसकेको देशलाई आफ्नो पिच्छलग्गु बनाउँछ।बिभिन्न लोभलालच दिएर आफ्नो समर्थनमा उभ्याई दिन्छ त्यसपछि उसैको समर्थनमा गरिब देशहरुको दोहन गर्छ।
स-साना देशको अर्थतन्त्र र शिक्षा लाई बिस्तारै पङ्गु बनाउँछ।त्यँहाको उद्धोगलाई चौपट पारेर जनतालाई बिदेशमा निर्मित समान तर्फ आकार्सित पारेपछि त्यो देशलाई आफ्नो बजार बनाउँन सजिलो हुन्छ।
साम्राज्यवाद भनेको पुँजिवादको सबैभन्दा माथिल्लो रुपहो।हामिले साम्राज्वादलाई बुझ्न सजिलरी सक्छौँ।साम्राज्यवादको सबैभन्दा साधारण परिभाषा कमजोर मुलुक माथि शक्तिसालि मुलुकले आकार्मण गरी जवरजस्ति आफ्नो नियन्त्ररण कायम राख्नुहो।तर आकारमण गर्नै तौरतरिकार सैलिलाई भने बुझ्न धेरै अफठ्यारो हुन्छ।आकारमणको अर्थ मात्र हात हथियार बम बारुध हुँदैन।आर्थिक नैतिक शिक्षा शुरक्षा लाई अपाङ्ग बनाएर पनि उनिहरुले देशको सार्वभौमिकता र अखण्डतालाई खलबलाउँने गर्छन।
साम्राज्यवादले पुँजिलाई केन्द्रियकरण गर्छ र उत्पादनलाई पनि केन्द्रियकरण गर्छ।स-साना उद्दोग र उद्धामिहरु विलिन भएर जान्छन।ठुल-ठुला लागतका उद्दामि र उद्दोगहरुले त्यो बजारको स्वतन्त्र अस्तितृवलाई समाप्त गर्छन।किन कि उनिहरुको प्रतिसप्रधा गर्न स-साना दोकानदारहरुले र उद्धखमिहरूले सक्दैनन् अन्तत्वगत्वो उनिहरु बिस्तारै पलायन वा लोप हुन्छन र त्यँहाको हालिमुहालि ति ठुला उद्दामिहरुको हातमा केन्द्रित हुन्छ।
यसमा एउटा सानो उधारण दिदा उपयुक्तहोला”भारतको उद्धोगपति अंबानिले दुरसंचार नेटमा आफ्नो बजार बनाउँन सर्वप्रथमा एउटा चाल चले त्यो के भने जिओ सिम निकाले जो जनतालाई निसुल्क बाँटे जव सबै जसो जनताले जिओको सिम लाई अप्नाए अरुको नेट बिक्न छाड्यो कयौँ लोपपनि भए जब उन्को बजार बन्यो त्यसपछि सुल्क लगाउँन सुरु गरे अहिले जिओ सबैभन्दा महेंङ्गो भयकोछ।किनकि गरिब भन्दा गरिबहरु पनि नेटको आदि भए।अब शोशिल मिडियामा रम्नेहरु बिनानेट बसन गारोछ।अहिले जिओले सबैलाई उछुनेको अबस्थाछ अंम्बानिले थोरै चारो फालेर धेरै परेवाहरुलाई सिद्धाईदिए,यहि साम्राज्यवादी लाईन हो।उनले यो प्रयास पहिले पनि गरेका थिए त्यो पेट्रोल पम्पहरुमा रिलायन्सको पेट्रोल पम्पमा अरु भन्दा एक रुपिया सस्तो र फिल्टर गरिएको पेट्रोल पनि बेचे अरु पम्पका मालिकहरुले एकमुष्ट बिरोध गरेपछि पछि त्यो बन्द भयको थियो।यस्ता प्रयासहरु कयौँ पल्ट बजारमा आउँछन।
मानिदिम हाम्रो बजारमा अहिले स-साना दोकानदारहरु कपडा ब्यपारी, पर्चुनका फुड्कर ब्यपारी,तरकारी पसलका अलग -कलग ब्यपारिहरुले भरिभराउछ सबैले जसरी तसरि आ-आफ्नो गुजारा गरेकाछन।भोलिको दिनमा बजारमा एउटा बिशाल स्वरुम खोलेर बजारको भन्दा एक रुपिया सस्तो गराई दिनेहो भने एकमैना भित्रमा सहरको पचास प्रतिसत दोकानदारहरु पलायन हुन्छन किनकि एदि स्वरुमले भन्दा सस्तो माल बेच्नहो भने पनि उनिहरुले त्यो घाटा पुर्तिगर्न सक्दैनन।त्यहि रेटमा उस्को समान बिक्दैन त्यसकारणले स-साना पसलहरुको आफ्सान त्यो ठुलो स्वरुमले गर्छ।त्यो स्वरुमले कपडा बेचेपनि साग सब्जि बेचेपनि मुनाफा एकैठाउँमा जान्छ तर अरुले कपडा अर्कैले तरकारि अर्कैले बेचेका हुन्छन।स्वरुमा एउटा सियो बाट लुगा सब्जि र तमाम फुड्को बिक्रिहुन्छ।त्यस्तो सोरुम तपाईँ हामि जस्ता झिना मसिना प्यापारिहरुले खोल्न सक्ने कुरा पनि होईन।
यसरि पुँजिवादमा स-स्याना ब्यबसाएहरुको विनाश भएजस्तै साम्राज्यवादी चरणमा स-साना लागतका उद्दोगहरु प्रतिसपर्धामा टिक्न सक्दैनन् र विलिन हुन्छन।ठुला उद्दोगहरु तथा उद्दामिहरुको एकाधिकार हुँनथाल्दछन।
साम्राज्यवादी चरणमा पुगेपछि ओद्दोगिक पूँजि र ब्यबसाहिक पुजिँको बिकाश हुन्छ।बैङ्क तथा अन्य बित्तिय संस्थानहरुले उद्दोग ब्यबसायमा पुँजिको प्रत्यक्ष लगानि गर्न थाले पछि वैङ्कको स्वामित्व आफ्नो हातमा भयका पुँजिपतिहरु सम्पुरण उद्दोग ब्यबसायहरु माथि पनि आफ्नो प्रभुत्व कायम गर्नेछन।
हाम्रो देशको बैङ्किग अबस्थापनि डामाडोल पार्न दलालहरुले भारु लाई नेरुमा र नेरु लाई भारुमा केहि प्रतिसत रुपयाको लालच दिएर साट्दिन्छन।यसरी नेपालका बैँकहरुको बित्तिय चरित्रमा प्रभाव पर्दछ।
साम्राज्यावादले अहिले विस्वमा उधारिकरणले आफ्नो हैकम जमाउँदै आएकोछ।यसैको एउटा रुप एमसीसी पनिहो पुँजिको निर्यात गरेर बिभिन्न सहयोगको बहानामा अनुदानको बहानामा आफ्नो रणनीति उदेश्यपुरा गर्ने उदेश्यले फैलाएको जालहो जबसम्म संसारका गरिब देशहरुले साम्राज्यावादी रणनीतिलाई बुज्दैनन् र उस्ले दिएको कथित सहयोग अनुदानलाई दृढता पूर्लक अस्विकार गर्दैनन् यो क्रमजारिनै रहनेछ।पुँजिवादी ब्यस्थामा पुँजिवादी मुलुकहरुमा उत्पादित बस्तुहरु निर्यात गर्ने र अबिकसित मूलुकहरु बाट कच्चा पदार्थहरु ल्यायर त्यसलाई पुनः निर्यात गर्ने प्रकृयाको बिचको खर्चको मात्राले पलेको कमिसनको खेल त छुट्टैछ।त्यसलाई तिखारेर औजारको आकार बनाएपछि पुन त्यहिँ निर्यात गर्दा सम्पुर्ण आर्थिक भार त्यो देशलाई हुन्छ जस्को त्यो बस्तुहो।
उधारणको लागि एउटा रुखलाई ढालेर सस्तोमा छिमेकमा छिय्रो त्यो आरा मा पुगेर बनेको पलङ लगायतका फर्निचरहरु त्यो रुखको मूल्याभन्दा कयौँगुना चर्को धन दिएर किन्नुपर्छ।हाम्रो देशमा सालहरु धमाधम ढालेर बिदेश पुग्छन अनि त्यहि सालको एउटा चौकसलाई हजारौँ रुपिया तिरेर किन्नुपर्छ।अहिले नेपालमा काठका समान धेरै महेङ्गो हुनुमा पनि यहि ब्यबहारको परिणामहो।एकतिर जङ्गलको फडानि गर्छन र आर्को तिर रुख बिरुवा लगाउँने र उनको शंरक्षाण गर्ने गर्दैनन्।
त्यो एउटा उधारण मात्रहो अरु जरिबुटी र औषिधिका तमाम कच्चा समानहरु निर्यात गर्छ।कोई चोरबाटाबाट तस्करको रुपमा जान्छन।यसरि देशको अर्थतन्त्रमाति बिदेशिले बिस्तारै आकारमण गरेकोछ,भाषा र भेश भुषामाथि पनि आकारमण गरेकोछ।जमिन माथि अतिक्रमण भयकोछ।यसरि देशलाई तहशनहस पार्न हाम्रै नजिकको जस सँग हाम्रो मित्रता रोजि बेटीको शम्बन्ध छ त्यहि मूलुक प्रयात्नसिलछ।यो अमेरिकि साम्राज्यावादको आडमा आफुला

शक्तिशालि देखाउँन गर्दै आएको ब्यबहारहो।
यद्द्यापि अंग्रेजहरुले सयौँ बर्ष सम्म आफ्नो गुलाम बनाएर भारतमा र भारतियहरुमा रजाई गरेको थियो।अहिले ति सबैकुरालाई बिर्शिएर उसैको पिच्छलग्गु बन्दै आफ्ना ओरिपरिका गरिब देशहरुलाई उनिहरुको स्वतन्त्र अस्तित्वलाई समाप्त पार्न लगातार प्रयात्नसिलछ।एकतिर अमेरिकि साम्राज्यवादको गलत नीति त्यसैमाथि छिमेकिको बिस्तारै देशमाथि गर्ने हश्तक्षेपले देश आजपनि धेरै सम्बेधनसिल अबस्थामा छ।
अहिले देशभित्रका पार्टिहरु एक आर्कालाई एन जी ओ, आई एन जियोमा कृयासिलछन।जस्लाई यस्ले देशको अर्थ ब्यबस्थामा कस्तो असर पुग्ला भनेर बिचार बिमर्स गर्ने समय पनिछैन।अरुलाई ‘रअ’का एजेन्ट भनेर आफु पानिमाथिको ओवानो बन्न खोज्नेहरुको भिडछ।”रअ”को एजेन्ट कतिबेला कुन हुन्छ भन्नेकुरा स्वयम “रअ”को प्रमुखलाई पनि हुँदैन उस्ले बदलिदो परिबेशमा आफ्नै प्रकारको मोहरा तैयार पार्ने गरेको ईतिहाश कसैबाट लुकेकोछैन।
हामिले देशलाई यस्ता बिखण्डनकारी भ्रमबाट जोगाउँदै देशमा राष्ट्रीयता जनतन्त्र र जनजीवीकाको लागि एकमना एकता गरेर जानुपर्छ तबमात्र हामिले साम्राज्यवादीको आकारमण बाट आफ्नो देशलाई बचाउँन सक्नेछौँ।राष्ट्रघयता र धर्मनिरपक्षियता गणतन्त्रलाई जोगाउँन सम्पुर्ण दलका कार्याक्रता नेता देशभक्त जनताहरु अगाडि आउँन समयको मागहो।आफुलाई बढि क्रान्तिकारी देखाउँन आफ्नै साथिहरुको ज्यानि दुश्मन नबनौ कोई।हामि जति अनाब्यस्याक कुराहरु गरेर आफुलाई सर्वमान्य बनाउँन खोज्छौँ त्यसैको फाईदा उठाएर दुश्मनले हाम्रो देशको दोहन गर्दै जानेछ।हाम्रो बलियो एकतामा देशको भबिश्य छ।साम्राज्यवादको चरित्र सितिमिति बुझ्न गरो हुन्छ बुझेपनि हाम्रो एकता बिन त्यसको बिरोध गर्न गारो हुन्छ।

चर्चामा

सम्बन्धित समाचार