बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • राजनीति
  • संबिधान सभा सदस्य महा नेपालीद्धारा सभापतिको उम्मेदवारी घोषणा

संबिधान सभा सदस्य महा नेपालीद्धारा सभापतिको उम्मेदवारी घोषणा

  • शनिबार, साउन २, २०७८
संबिधान सभा सदस्य महा नेपालीद्धारा सभापतिको उम्मेदवारी घोषणा

बाजुरा — नेपाली काग्रेस बाजुराका प्रभावशाली नेता तथा संबिधान सभा सदस्य महा नेपालीले जिल्ला नेपाली काँग्रेसको जिल्ला सभापतीमा उम्मेद्धारी दिने घोषणा गरेका छन ।
नेपाली काँग्रेसको १४औँ महाधिवेसन नजिकीदै गर्दा नेपाली कांग्रेस बाजुराको जिल्ला सभापतिको पदका आकांक्षी बढ्न थाले संगै नेता नेपालीले पनी सभापतीको उम्मेद्धवारीे घोषणा गरेका हुन । काँग्रेसको ७ औँ जिल्ला अधिवेसनमा नेपाली काँग्रेसका संविधान सभा सदस्य महाँ नेपालीले जिल्ला सभापतिको पदमा उम्मेद्धारी रहने बताएका छन् ।
नेपाली कांग्रेसका संबिधान सभा सदस्य समेत रहेका नेता नेपाली आसन्न १४ औँ महाधिवेसनको जिल्ला सभापतिको उम्मेद्धवारी रहेको बताएका छन । दलित समुदायबाट संघर्ष गर्दै आएका नेता नेपाली पछिल्लो समयमा बलिया सभापती उम्मेदारका रुपमा चिनिएका छन् ।
नेता नेपाली कस्तो संघर्षबाट स्थापित नेता हुन ?
नेपाली कांग्रेसका संविधान सभा सदस्य महाँ नेपालीको जन्म २०२६ सालमा बाजुराको साविक आटिचौर गाविस वडा नम्बर २ को बुडाबाढामा भएको थियो । नेता नेपाली २०४६ सालबाट नेपाली कांग्रेस निकटको नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेको हुन् ।
२०५३ सालमा नेपाल बिद्यार्थी संघ बाजुराको जिल्ला कार्य समिती सदस्य रही नेविसंघको राजनीतिक यात्रालाई बलियो बनाउँदै अघि बढेको उनले बताएका छन । २०५४ सालको स्थानीय निर्वाचनबाट आटिचौर गाविसको वडा नं.२ को वडाध्यक्ष समते बनेका थिए । २०५६ सालमा नेपाल तरुण दल बाजुराका जिल्ला कार्य समिति सदस्य, २०६३ सालमा नेपाली काँग्रेस बाजुराका जिल्ला कार्य समिति सदस्य रहेका बनेका थिए ।
२०६४ सलामा समानुपातिकबाट संविधान सभा सदस्य समेत भईसकेका नेता एक कुशल राजनितीको रुपमा रहेका छन । २०६५ सालमा चितवन र झापा महाधिवेसनमा नेपाली कांग्रेस निकट नेपाल दलित संघका केन्द्रीय सदस्य रहेका थिए । नेपाली काँग्रेसको १२ औँ महाधिवेसन नेपाली काँग्रेसका केन्द्रीय प्रतिनिधी रहेका थिए । १३ औ महाधिवेसनमा नेपाली कांग्रेस केन्द्रीय प्रतिनिधी तथा महासमिती सदस्य निर्वाचित बनेका थिए ।
२०४६ साल देखि अहिले सम्म नेपाली कांग्रेसमा सक्रिय रुपमा पार्टीलाई शसक्त बलियो पार्टी बनाउने उदेस्यका साथ राजनितिक यात्रामा लागेर आसन्न काँग्रेसको १४ औँ महाधिवेसनमा सभापतिको उम्मेदारी रहेको घोषणा गरेका छन् । पार्टीमा लामो समय देखि नेपाली कांग्रेसका भातृसंगठन देखि राजनीतिक यात्रामा लागेका नेपालीने ७ औ जिल्ला अधिवेसनमा सबै नेता तथा कार्यक्रताहरुले आफुलाई सहयोग गर्न अपिल गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार