बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • बडिमालिका
  • अस्पताल बाजुरामा २ महिनापछि कोरानाका बिरामी शुन्य

अस्पताल बाजुरामा २ महिनापछि कोरानाका बिरामी शुन्य

  • बिहिबार, असार ३, २०७८
अस्पताल बाजुरामा २ महिनापछि कोरानाका बिरामी शुन्य

बाजुरा — दुई महिनापछि जिल्ला अस्पताल बाजुरामा कोरोना संक्रमितका बिरामी शुन्य भएका छन । करिव दुई महिना सम्म कोरोना कहरले ब्यहाल बनाएको बाजुरामा कोरोना संक्रमितका बिरामीको शुन्य रहेको जिल्ला अस्पताल बाजुराका सुचना अधिकारी चुणमणी पन्तले बताएका छन ।
२ हजार ५ सय ५१ जनाको कोरोना परिक्षण गर्दा जिल्लामा ७ सय ९८ जना संक्रमीत भएको बाजुरामा जिल्ला अस्पताल २ महिनाको समयमा कुनै दिन बिरामी खाली भएका थिएन जिल्ला अस्पताल बाजुराले जनाएको छ । बुधबार देखी भने जिल्ला अस्पतालमा कोरोनाका बिरामीहरुको सख्याँ शुन्यमा झरेको अस्पतालले जनाएको छ ।
कोरोना संक्रमण बाटै बाजुरामा १० जनाले ज्यान गुमाए जसमा जिल्ला अस्पताल बाजुरामै ८ जनाको ज्यान गयो । जिल्ला अस्पतालबाट रिफर गरीएका ३ जना संक्रमीतको जिल्ला बाहिरा मृत्यु भएको थियो । हरेका दिन २ देखी ४ जना सम्म कोरोनाका बिरामीहरु आउने जिल्ला अस्पतालमा बुधबार देखी शुन्यमा झरेको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार