शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • नागरिक अगुवाद्धारा जिल्ला अस्पताल बाजुरालाई अक्सिजन हस्तान्तरण

नागरिक अगुवाद्धारा जिल्ला अस्पताल बाजुरालाई अक्सिजन हस्तान्तरण

  • आइतवार, जेष्ठ ९, २०७८
नागरिक अगुवाद्धारा जिल्ला अस्पताल बाजुरालाई अक्सिजन हस्तान्तरण

बाजुरा — जिल्ला अस्पताल बाजुरालाई नागरिक अगुवाले अक्सिजन सिलिन्डर सहयोग गरेका छन् । बाजुरा स्थित नागरिक अगुवाले आर्थिक संकलन गरेर अस्पताल बाजुरालाई ५२ केजीका १० वटा ठुलो अक्सिजन सहित सिलिन्डर सहयोग गरेको अस्पताल बाजुराका प्रमुख डा. प्रकाश जैशीले वताएका छन् ।
अस्पताल बाजुरालाई अक्सिजन सहयोग अभियानले तिन दिनमा ६ लाख जम्मा भएको थियो । अस्पतालाई अक्सिजन सहयोगका लागि ब्यापारि, स्वास्थ्यकर्मी, नागरिक समाज, कर्मचारी र बिदेशमा जागिर गर्ने नेपालीले सहयोग गरेको नागरिक अगुवा तथा यो अभियान सञ्चालन गरेका पत्रकार प्रकाश सिंहले वताएका छन् ।

No description available.
अक्सिजन अभाब र कालोबजारी भइरहेका बेला बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको समन्वयमा १० वटा अक्सिजन सिलिन्डर सहित खरिद गरेर बाजुरा पुुयाएको मार्तडी बजार ब्यबस्थापन समितिका अध्यक्ष चक्र मल्लले वताए । अहिले अक्सिजन सहित सिलिन्डर १० वटा २ वटा फलोमिटरको सेट सहित गाडिको भाडा गरेर ३ लाख खर्च भएको मल्लले वताए । बाँकि बचेको रकमको पनि अक्सिजन सिलिन्डर खरिदका लागि पहल भइरहेको अभियान्ता सुरेन्द्र नाथले वताएका छन् ।

No description available.
जिल्ला अस्पताल बाजुराका हस्तान्तरण गरिएको अक्सिजन खरिद बिल भने नेपाल रेडक्रस सोसाइटि बाजुराका नाममा गरिएको समाजसेवी बिर बहादुर बिष्टले वताएका छन् । अक्सिजन सिलिन्डर प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारी मार्फत जिल्ला अस्पताल बाजुरालाई हस्तान्तरण गरेको बिष्टले वताएका छन् । कोलोबजारी र अभाब भइरहेको बेला अक्सिजन ब्यबस्थापनका लागि रेडक्रस बाजुरा शाखा सभापति राम बहादुर शाहिले समेत सहयोग गरेका थिए ।
अस्पतालमा चरम अक्सिजन भइरहेका बेला नागरिक अगुवाले आर्थिक संकलन गरेर अक्सिजन सिलिन्डर सहित अक्सिजन अस्पताललाई हस्तान्तरण गर्दा ठुलो सहयोग भएको अस्पताल प्रमुख डा. जैशीले वताएका छन् । बाजुरा अस्पतालमा अक्सिजन भर्नका लागि धनगढी जानु पर्ने बाध्यता रहदै आएको छ । बर्षात सँगै सडक अबरोध हुने समस्या शुरु देखिपछि बाजुरामा खाद्य संकट हुने अबस्था रहेको छ ।
प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले यो संकटको बेला सहयोग गर्ने सहयोगिलाइ धन्यवाद दिएका छन् । संकटको बेला सहयोग गर्ने राज्यको दाहित्व सँगै नागरिकको पनि रहेको अधिकारीले वताए । बडिमालिका नगरप्रमुख पदम बडुवालले यो संकटको बेला थप अझै सहयोग गर्न आग्रह गरेका छन् । हस्तान्तरण कार्यक्रमको सञ्चालन सामाजिक अगुवा बिर बहादुर बिष्टले गरेका हुने अभियानको बारेमा पत्रकार प्रकाश सिंहले जानकारी गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार