• होमपेज
  • कला /साहित्य
  • कोई जान्छ अनि कोई आउँछन खेल चलि रहन्छ,

कोई जान्छ अनि कोई आउँछन खेल चलि रहन्छ,

  • शनिबार, जेष्ठ ८, २०७८
कोई जान्छ अनि कोई आउँछन खेल चलि रहन्छ,

कोई जान्छ अनि कोई आउँछन खेल चलि रहन्छ,
कोई नीति कसैले धन उठाउँछन खेल चलि रहन्छ।

यो त राजनीतिहो मित्र त्यो पनि पुँजिवाद भित्रको,
एकछिन कराउँने पनि हराउँछन खेल चलि रहन्छ।

नीजि स्वार्थमा अल्मलियौँ पछि गनतब्या बिर्शियौँ,
हेरन एक्ला एक्लै दुःख पाउँछन खेल चलि रहन्छ।

फुर्शे जाँदा लाले करायो र आज लाले जाँदा काले,
मौसम यस्तैछ पालुवा पलाउँछन खेल चलि रहन्छ।

संसदको ब्यबहार मदारीको खेल हामी दर्शकनै हौँ,
कयौँ ले नाच्छन कयौँले गाउँछन खेल चलि रहन्छ।

ईमान धर्म र नीति नियम किताबको पानामै सिमटे,
यँहा तालि पिट्नेहरुनै अटाउँछन खेल चलि रहन्छ।

फकाई फकाई ल्याए चेमुटि चेमुटी मारेको नीतिहो,
आबस्याकतामा त खुबै धाउँछन खेल चलि रहन्छ।

यो सेते जस्ता कति आए कति गए लेखो हुँन्न पनि,
कैले फाल्छन कहिले फकाउँछन खेल चलि रहन्छ।
सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार