शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • बारामा करेन्ट लागेर एकजनाको मृत्यु

बारामा करेन्ट लागेर एकजनाको मृत्यु

  • बिहिबार, बैशाख २३, २०७८
बारामा करेन्ट लागेर एकजनाको मृत्यु

२३ वैशाख, वीरगञ्ज — बाराको कलैयामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका-६ पर्सा टोल बस्ने २० वर्षीया रोशना खातुनको मृत्यु भएको हो ।

प्रहरीका अनुसार घरको कल धारामा जडान गरिएको मोटर चलाउने क्रममा तार सर्ट भई करेन्ट लागेर उनी घाइते भएकी थिइन ।

कलैया अस्पतालमा उपचारको क्रममा उनको बिहीबार दिउँसो १:२५ बजे उनको मृत्यु भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार