शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • चार सांसद र तीन कर्मचारीमा कोरोना संक्रमण पुष्टि

चार सांसद र तीन कर्मचारीमा कोरोना संक्रमण पुष्टि

सभामुखको सचिवालयका सबैको रिपोर्ट नेगेटिभ

  • बिहिबार, बैशाख २३, २०७८
चार सांसद र तीन कर्मचारीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं — संघीय संसदका चारजना सांसद र तीन कर्मचारीको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ । सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेका अनुसार बुधबार दिएको स्वाब परीक्षणमा सात जनाको रिपोर्ट पोजिटिभ आएको हो ।

न्यौपानेका अनुसार सभामुख अग्निप्रसाद सापकोटा र उनको सचिवालयका सबै कर्मचारीको रिपोर्ट भने नेगेटिभ आएको छ । बुधबार सांसद, संघीय संसद्‍का कर्मचारी, संसदीय मामिला आवद्ध पत्रकार, कर्मचारी, सुरक्षाकर्मी, मर्यादापालक लगायतको पीसीआरका लागि स्वाब संकलन गरिएको थियो।

बुधबार सांसद र कर्मचारी, पत्रकार, सुरक्षाकर्मी, मर्यादापालक गरेर ६०९ जनाको स्वाब संकलन गरिएको थियो । बिहीबारसमेत कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र मर्यादापालकको स्वाब संकलन जारी छ । शुक्रबार साँझसम्ममा सबै रिपोर्ट सार्वजनिक हुने न्यौपानेले बताए।

वैशाख २७ गतेका लागि प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिन आह्वान गरेको संसद्‍को विशेष अधिवेशनका लागि बुधबार स्वाब संकलन गरिएको थियो

चर्चामा

सम्बन्धित समाचार