बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • डोटीमा एक जना कोरोना संक्रमितको मृत्यु

डोटीमा एक जना कोरोना संक्रमितको मृत्यु

  • बुधबार, बैशाख २२, २०७८
डोटीमा एक जना कोरोना संक्रमितको मृत्यु

डोटी– डोटीमा एक जना कोरोना संक्रमितको ज्यान गएको छ।

जिल्ला अस्पताल डोटीको आइसोलेसन कक्षमा उपचाररत आदर्श गाउँपालिका–२ का ६२ वर्षीय पुरुषको ज्यान गएको अस्पतालले जनाएको छ।

केही दिनअघि संक्रमण पुस्टि भएका उनको बुधबार बिहान ८ बजे ज्यान गएको अस्पतालका मेसु ड. कृष्णराज जोशीले बताए।

१८ गते पीसीआर परीक्षण गरिएकोमा २० गते उनलाई संक्रमण पुस्टि भएको स्वास्थ्य कार्यालय डोटीका कोभिड सम्पर्क व्यक्ति तेजबिक्रम शाहीले बताए। अहिले जिल्ला अस्पतालमा ११ जना संक्रमितको उपचार भइरहेको छ।

चर्चामा

सम्बन्धित समाचार