बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • नदीमा डुबेर एक युवकको मृत्यु

नदीमा डुबेर एक युवकको मृत्यु

  • बुधबार, बैशाख २२, २०७८
नदीमा डुबेर एक युवकको मृत्यु

तनहुँ– मादी नदीमा पौडी खेल्ने क्रममा मङ्गलबार एक युवकको डुबेर मृत्यु भएको छ।

मृत्यु हुनेमा व्यास नगरपालिका–२ निवासी २२ वर्षीय सतिश अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

प्रहरीका अनुसार व्यास–७ दुलेपानी सिसौघारी नजिकैको मादी नदीमा दिउँसो पौडी खेल्न गएका अधिकारी डुबेर बेपत्ता भएका थिए।

घटनाको जानकारी पाएलगत्तै प्रहरीले खोजीकार्य थालेकामा दिउँसो ५ बजे मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले बताए।

चर्चामा

सम्बन्धित समाचार