शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • दुर्घटनामा प्रहरी जवानको मृत्यु

दुर्घटनामा प्रहरी जवानको मृत्यु

  • बुधबार, बैशाख २२, २०७८
दुर्घटनामा प्रहरी जवानको मृत्यु

सुनसरीको इटहरीमा मङ्गलबार राति भएको सवारी दुर्घटनामा परेर एक प्रहरी जवानको मृत्यु भएको छ ।
पूर्व–पश्चिम लोकमार्गमा पश्चिमतर्फ आउँदै गरेको पिकअप गाडीले विपरीत दिशातर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी जवान ३३ वर्षीय कमलबहादुर खड्काको मृत्यु भएको हो । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी नरेन्द्र कार्कीका अनुसार इटहरी उपमहानगरपालिका–६ मा को १ च ७८१६ नम्बरको पिकअपले को २० प ४६८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका प्रहरी जवान खड्कालाई उपचारका लागि पुर्याउनसाथ राति ९ बजेतिर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले मृत घोषित गरेको जानकारी कार्कीले दिए । झापाको कचनकवल गाउँपालिका–६ घर भएका खड्का सुनसरीको इलाका प्रहरी कार्यालय चिमडीमा कार्यरत थिए ।

दुवै सवारी साधन र पिकअप चालक तेह्रथुमको लालीगुराँस नगरपालिका–६ का ४६ वर्षीय भगतबहादुर लिम्बूलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको डीएसपी कार्कीले बताए ।

चर्चामा

सम्बन्धित समाचार