शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • सांसदहरुको पीसीआर परीक्षण गरिँदै

सांसदहरुको पीसीआर परीक्षण गरिँदै

  • बुधबार, बैशाख २२, २०७८
सांसदहरुको पीसीआर परीक्षण गरिँदै

२२ वैशाख, काठमाडौं — विशेष अधिवेशनको तयारीमा जुटेको संसद सचिवालयले आज सभामुखसहित सांसदहरुको कोरोना परीक्षण गर्दै छ ।

सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, संघीय सांसदहरु, महासचिव, सचिव, संसद सचिवालयका सम्पूर्ण कर्मचारीहरुको पीसीआर परीक्षण आज गर्न लागिएको हो ।

भोलि संघीय संसद रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी, मर्यादापालक, संसदीय मामला पत्रकार, स्वकीय सचिवालयका कर्मचारी लगायतको परीक्षण हुने छ । ल्होत्से हलमा बिहान १० बजेदेखि ५ बजेसम्म पीसीआर परीक्षण हुने संसद सचिवालयले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार