बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • भारतमा थप १० जना नेपालीको मृत्यु

भारतमा थप १० जना नेपालीको मृत्यु

  • सोमवार, बैशाख २०, २०७८
भारतमा थप १० जना नेपालीको मृत्यु

यस साता भारतमा थप १० जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघले जनाएको छ। हालसम्म भारतमा मात्रै संक्रमणका कारण ज्यान गुमाउने नेपालीको संख्या ७१ पुगेको छ ।

यो सातामा साउदीमा पनि थप एक जनाको संक्रमणका कारण ज्यान संघले जनाएको छ । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिको तथ्यांक अनुसार भारत सहित विश्वभर २१ मुलुकमा रहेका ३ सय ८२ जना नेपालीको कोभिड १९ का कारणले मृत्यु भएको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सन्जिव सापकोटाका अनुसार भारत रहेका २० हजार भन्दा बढीनेपालीलाई कोरोना संक्रमण भएको छ । ती मध्ये १७ हजार भन्दा बढी कोरोनामुक्त भएका छन् ।

अहिलेसम्म विश्वका ५४ मुलुकमा ८६ हजार ६ सय ७९ जना नेपालीमा कोरोना संक्रमण भएको छ भने ती मध्ये ८२ हजार १ सय ९७ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो साता मलेसिया, भारत, कुवेत, युएई, र साउदी अरेबियामा रहेका नेपालीमा थप कोरोना भाइरसको संक्रमण देखिएको छ ।

चर्चामा

सम्बन्धित समाचार