मङ्लबार, असार ८, २०७८
  • होमपेज
  • समाचार
  • मकैबारीमा महिलाको शव भेटियो

मकैबारीमा महिलाको शव भेटियो

  • आइतवार, बैशाख १९, २०७८
मकैबारीमा महिलाको शव भेटियो

१९ वैशाख, विराटनगर — मोरङको रतुवामाई नगरपालिकामा महिलाको शव भेटिको छ । आइतबार रतुवामाई नगरपालिका– ६ सिंहगिरी भन्ने स्थानको मकैबारीमा महिलाको शव भेटिएको हो ।

भित्री सडकबाट केही भित्र रामप्रसाद भण्डारीको मकैबारीमा भेटिएको शवको पहिचान खुलेको छैन । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले घटना संकास्पद भएकाले प्राविधिक टोलीले अनुसन्धान सुरु गरेको बताए ।

घटना शंकास्पद छ, प्राविधिक टोली र तालिमप्राप्त कुकुरसहितको टोलीले अनुसन्धान गर्दैछ’ उनले भने, ‘ कालो वर्णकी महिलाको उमेर अन्दाजी ३० वर्ष जति छ, पहिचान गर्ने प्रयास भइरहेको छ ।’

महिलाले लगाएको कपडा च्यातिएका कारण घटना शंकास्पद रहेको प्रहरीको दाबी छ ।

चर्चामा

सम्बन्धित समाचार