शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • लुम्बिनीमा एकल बहुमतको सरकारका लागि एमालेको दाबी पेश

लुम्बिनीमा एकल बहुमतको सरकारका लागि एमालेको दाबी पेश

  • आइतवार, बैशाख १९, २०७८
लुम्बिनीमा एकल बहुमतको सरकारका लागि एमालेको दाबी पेश

लुम्बिनी प्रदेश नेकपा एमाले संसदीय दलको बैठकले मुख्यमन्त्रीमा पार्टीमा दाबी पेश गरेको पत्र प्रदेश प्रमुखलाई पठाउने निर्णय गरेको छ ।
एमाले संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएलगत्तै बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीमा पुनः दावी पेश गर्ने निर्णय गरेको हो ।

‘नेकपा एमाले प्रदेश संसदीय दलको बैठकले पुन मुख्यमन्त्रीमा एकल बहुमतको सरकार बनाउने दावी पेश गर्ने निर्णय गरेको छ । दावी पेश गरेको पत्र प्रदेश प्रमुखलाई पठाइसकिएको छ’, नेकपा एमालेका सांसद बैजनाथ चौधरीले भने, ‘प्रदेश प्रमुखले संविधान अनुसार आजै नयाँ सरकार गठनका लागि आह्वान गर्नुहुन्छ र सम्भव त आजै  मुख्यमन्त्रीले सपथ लिनुहुनेछ ।’

एमाले लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले पनि संसदीय दलले मुख्यमन्त्री शंकर पोखरेलकै नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय भएको बताए । उनले संविधानको धारा १६८ को १ अनुसार एकल सरकार गठन गर्नको राजीनामा आएको रातोपाटीलाई बताए । यसैबीच आजै लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन पनि बस्दैछ ।

चर्चामा

सम्बन्धित समाचार