काठमाडौं– धनुषाको हंसपुर नगरपालिकामा एक युवकको उनकै श्रीमती र भाइले मिलेर हत्त्या गरेका छन्। नगरपालिकाको वडा नम्बर ६ टिल्हीका २५ वर्षीय शम्भु मण्डलको उनकै श्रीमती र भाइले मिलेर हत्त्या गरेको धनुषा प्रहरीले बताएको छ।
प्रहरीका अनुसार शनिबार बिहान शम्भु, उनकी २३ वर्षीया पत्नी सुशिलादेवी, भाइहरु अनिल मण्डल र जय मण्डलकाबीच घरायसी विवाद हुँदा तीनै जना मिलेर उनको धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो।
लाठीसहित घरेलु हतियारले प्रहार गरिउको र शम्भुको घट्नास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ। घटनापछि तीनै जना फरार भएका बताइएको छ।