मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • समाचार
  • कञ्चनपुरमा मोटरसाईकल एकआपसमा ठोक्किए

कञ्चनपुरमा मोटरसाईकल एकआपसमा ठोक्किए

  • आइतवार, बैशाख १२, २०७८
कञ्चनपुरमा मोटरसाईकल एकआपसमा ठोक्किए

धनगढी– कञ्चनपुरमा मोटरसाईकल एक आपसमा ठोक्किएर दुर्घटना भएको छ। जिल्लाको पुनरवास नगरपालिका वडा नम्बर १० मा मोटरसाइकल एकआपसमा ठोक्ँिकदा एक जना घाइते भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

शुक्रबार डोकेबजारबाट पुनरवासतर्फ गइरहेको से ४ प ९१७३ नम्बरको मोटरसाइकल र सोही दिशातर्फ गइरहेको से ४ प ४७४७ नम्बरको मोटरसार्यक एकआपसमा ठोक्किएका हुन्।

उक्त दुर्घटनामा परि से ४ प ९१७३ नम्बरका मोटरसाईकल चालक पुनरवास नगरपालिका ८ का ४९ वर्षीय गोबिन्द धोवि घाइते भएको प्रहरीले जनाएको छ। उनको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार