शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • धार्मिक
  • २०७८ साल बैशाख १२ गते आईतबारकाे राशिफल

२०७८ साल बैशाख १२ गते आईतबारकाे राशिफल

  • आइतवार, बैशाख १२, २०७८
२०७८ साल बैशाख १२ गते आईतबारकाे राशिफल

वि.सं.२०७८ साल बैशाख १२ गते आईतबार । ईश्वी सन् २०२१ अप्रिल २५ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । चैत्र शुक्लपक्ष । तिथि– त्रयोदशी,२२ घडी ०३ पला,दिउसो ०२ बजेर २१ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–हस्त,४८ घडी ३४ पला,रातको १२ बजेर ५७ मिनेट उप्रान्त चित्रा । योग– व्याघात,०२ घडी ३० पला,बिहान ०६ बजेर ३२ मिनेट उप्रान्त वरियान । करण–कौलव,दिउसो ०२ बजेर २१ मिनेट उप्रान्त गर,रातको ०१ बजेर २० मिनेट उप्रान्त वणिज । आनन्दादिमा–मानस योग । चन्द्रराशि–कन्या ।

काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ३१ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३३ मिनेट । दिनमान ३२ घडी ३३ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलार्ई परास्त गर्दै नतिजा आफूतिर ल्याउन सकिनेछ भने ऋण,रोग तथा सत्रुबाट छुटकारा पाउने समय रहेकोछ । राजनीति गर्नेहरुले सहकर्मीहरुलाई किनारा लगाउदै पद प्रतिष्ठा पाउनेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आर्थिक रुपमा सम्पन्न हुने योग रहेकोछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने मामा तथा मावली पक्षबाट सहयोग तथा समर्थन पाइनेछ । साँझपख भौतिक सम्पत्ति तथा सवारी साधन प्राप्तीको योग रहेकोछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अध्ययनमा मन जाने तथा ध्यान केन्द्रित हुनाले आफूले चाहेजस्तो सफलता प्राप्त गर्न सकिनेछ । आफन्त तथा गुरुजनहरुको सुझावलाई सिरोधार्य गर्दै अगाढि बढ्न सकिनेछ । मन परेको मानिसबाट उपाहार तथा भौतिक सम्पती पाउने योग रहेकोछ भने प्रेममा सामिप्यता वढेर जानेछ । सन्तान,छोराछोरी तथा आफन्तसँग रमाईलो यात्राको तय गर्न सकिनेछ । व्यापारमा लगानी गरी आर्थिक अवस्था सुधार्न सकिने समय रहेकोछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पहिलेका कमीकमजोरीहरूलाई सुधार्ने अवसर आउनेछ । ठुला तथा विशिष्ट योजनाहरु कार्यान्वयन गर्नको लागि केहि समय पर्खनु नै राम्रो हुनेछ । आफन्त तथा आमासँग सानो सानो कुरामा विवाद बढ्ने योग रहेकोछ । पढ्ने लेख्ने कामका खासै मन नजादा अरुभन्दा पछी परिनेछ । व्यापार व्यावसायमा समय दिएपनि खासै उपलव्धी हासिल हुने छैन भने घर जग्गाको कारोबारबाट केहि मात्रामा लाभ लिन सकिनेछ । तरपनि कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) न्यायिक निर्णय तथा कानुनी फैसलाहरू तपार्ईँकै पक्षमा आउनेछन् । पढाइ लेखाइमा मनजाने हुनाले अरुलाई किनारा लगाउँदै नतिजा सुरक्षित रहनेछ । भाग्यले साथ दिने हुनाले थोरै लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ । दाजुभाई तथा आफन्तसँगको सम्वन्धमा सुमधुरता बढेर जानेछ भने माया प्रेमको डोरो कसिलो भएर जानेछ । आन्तरिक व्यावसायिक यात्राको प्रसस्त सम्भावना रहेकोछ भने सकारात्मक उपलब्धी हात लाग्नेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) समाजमा बोलिको प्रभाव बढ्ने हुनाले बोलेरै थेरै कामहरु गर्न सकिनेछ । व्यापारमा बढोत्तरिको योग रहेकोछ भने नयाँ व्यावसाय सुरु गर्न सकिनेछ । कुटुम्बसँगको सम्बन्धमा सुधार हुनेछ भने आफन्तको सहयोगले कामहरु समयमा नै सकाउन सकिनेछ । पारिवारिक जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा रमाउन चाहनेहरुलाई समयले साथ दिनेछ भने जीवन साथीसँग थप आत्मियता बढ्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) राजनीति तथा समाजसेवामा सम्मानजनक स्थान पाउन बढि नै मिहिनेत गर्नुपर्नेछ । परिवारका सदस्यहरुसँग विवाद बढ्ने योग रहेकोछ भने आफन्तहरु टाडिनेछन् । व्यापार व्यावसायमा लगानी गरे अनुशार प्रतिफल प्राप्त नहुने हुँदा मन खिन्न हुनेछ । माया प्रेममा एक अर्का बीच मनमुटाव सिर्जना हुनेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिने अधिक सम्भावना रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापार व्यावसायमा प्रसस्त समय दिएपनि आम्दानी थोरै नै हुनेछ । कामगर्दा ख्याल गर्नु जरुरी देखिन्छ,समयमा कामहरु सम्पन्न नहुँदा मान सम्मानमा आघात पर्न सक्छ । पढाइ लेखाइमा तपार्ईँ आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनुहोला । यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशी सामानको व्यापार फस्टाएर जानेछ । मायाप्रेममा अविश्वास बढ्नेछ भने सामान्य स्वास्थ्य सम्वन्धी समस्या आउने योग रहेकोछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार व्यावसायमा लगानी बढाई प्रशस्त आम्दानी गर्न सकिनेछ भने आम्दानीका स्रोतहरु पहिल्याई जीवन स्तर उकास्न सकिनेछ । पढाइ लेखाइमा राम्रो प्रगती गरी नाम कमाउन सकिनेछ भने बैकिङ क्षेत्रको लगानी बाट भनेजस्तो आम्दानी हुनेछ । भौतिक सम्पती तथा सवारी साधनको प्रयोग तथा परिचालन मार्फत नयाँ काम गर्न सकिनेछ । दाजुभाईको सहयोग हुने हुँदा मन प्रशन्न रहनेछ । माया प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पढाइ लेखाइमा ध्यान केन्द्रित हुनेछ भने मिहिनेत गर्दा महत्वपूर्ण उपलव्धी हासिल गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहने हुनाले पद प्राप्तिको गतिलो योग रहेकोछ । नयाँ काम पाउने तथा गरीरहेको ठाउमा बढुवा हुनेछ । व्यापार व्यावसायमा लगानी गरी मनग्गे धन तथा सम्पती कमाउन सकिनेछ । समयले साथ दिने हुनाले अन्य बौद्धिक क्रियाकलापमा पनी ध्यान जानेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आफूले पाएको अधिकारलाई भरपूर प्रयोग गरी उपलव्धी मुलक कामहरु गर्न सकिनेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको तय गर्न सकिनेछ । धार्मिक स्थलको भ्रमण हुनेछ भने आफ्नो सस्कार तथा रीतिरिवाजमा जोगाउन समय लगानी गर्नुपर्ने हुन सक्छ । खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने दाम्पत्य जीवन खुसी रहनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बाटो हिड्दा वा सवारी चलाउदा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । पानीसँग सम्बन्धित व्यावसाय खस्केर जाने योग रहेकोछ । स्वास्थ्यमा समस्या देखापर्ने तथा औषधी उपचार खर्च बढ्ने योग रहेकोछ । मन कमजोर हुने हुँदा पढाइ लेखाइमा मन जानेछैन भने अरुभन्दा पछि परिनेछ । परिस्थितीले ऋण लगाउने तथा बिभिन्न समस्याहरूको सामना गर्नुपर्नेछ । घरपरिवारमा आफन्त बीच मनमुटाव बढ्ने तथा माया प्रेममा गलत बुझाइले समस्या निम्त्याउन सक्छ, सचेत रहनुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) शुभचिन्तक तथा आफन्तको सुझाबलाई मनन गरी काम गर्दा गन्तव्य पहिल्याउन सहज हुनेछ । साझेदारहरू मिलेर गरीने कुनै पनि व्यापार व्यावसाय फस्टाएर जानेछ भने मनग्गे रुपैया पैसा कमाउन सकिनेछ । भौतिक सम्पती तथा विलाशी वस्तुको प्रयोग मार्फत भनजस्तो आम्दानी गर्न सकिनेछ । माया प्रेममा एक अर्का बीच नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोगले राम्रा कामहरु गर्न सकिनेछ । पढाइ लेखाइ प्रगती पथमा अगाडी बढ्ने हुँदा मन प्रशन्न रहनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

चर्चामा

सम्बन्धित समाचार