शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • स्कुटरलाई ट्रकले ठक्कर दिँदा काठमाडौंमा एकको मृत्यु

स्कुटरलाई ट्रकले ठक्कर दिँदा काठमाडौंमा एकको मृत्यु

  • बिहिबार, बैशाख ९, २०७८
स्कुटरलाई ट्रकले ठक्कर दिँदा काठमाडौंमा एकको मृत्यु

काठमाडौँको गोङ्गबुमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

काठमाडौँ महानगरपालिका–२६ स्थित गोङ्गबु चोकमा प्रदेश नम्बरको ३–०१–००१ क ५३५२ नम्बरको मिनिट्रकले बा ६५ प ६७१६ नम्बरको स्कुटरलाई बुधबार ठक्कर दिँदा सर्लाही विष्णु गाउँपालिका–२ की १८ वर्षीया शिल्पा ठाकुरको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते ठाकुरको उपचारका क्रममा ग्राण्डी अन्तरराष्ट्रिय अस्पताल धापासीमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

दुर्घटनामा उदयपुर कटारिकी १८ वर्षीया क्रिस्मा विष्ट घाइते भएकी छन्। घाइते विष्टको ग्राण्डी अन्तरराष्ट्रिय अस्पताल धापासीमा उपचार भइरहेको प्रहरीको भनाइ छ।

फरार रहेका मिनिट्रक चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार