शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • तोली स्थित नेपाल टेलकमको टावरमा बिद्युत नहुदा टेलिकमकाे सेवा अबरुद्ध

तोली स्थित नेपाल टेलकमको टावरमा बिद्युत नहुदा टेलिकमकाे सेवा अबरुद्ध

  • बुधबार, बैशाख ८, २०७८
तोली स्थित नेपाल टेलकमको टावरमा बिद्युत नहुदा टेलिकमकाे सेवा अबरुद्ध

बाजुरा — बाजुरा जिल्लाको तल्लो क्षेत्रका स्थानीय तहरुमा नेपाल टेलीकमको टावरमा बिद्युत आपुर्ती नु्हुदा नेपाल टेलीकमका सेवा ग्राहीलाई समस्या भएको छ । त्रिबेणी नगरपालिकाको तोलीमा रहेको टेलीकमका टावरमा बिद्युत नहुदा समस्या भएको नेपाल टेलीकम बाजुराले जनाएको छ ।
बाजुराको दक्षिणी क्षेत्रमा रहेका त्रिबेणी नगरपालिका र बुढिगंगा नगरपालिकाका स्थानीयहरुले सो समस्या भोगेका हुन । तोली स्थित टावरमा लगिएको बिद्युत केही दिन देखी अबरुद्ध भएका कारण टावरमा समेत अबरोध पुगेको टेलीकम बाजुराले जनाएको छ ।

बाजुराको तल्लो क्षेत्र बुढीगङ्गा, त्रिबेणि नगरपालिकामा एक महिना देखि नेपाल टेलिकमको नेटवर्क छिनमै आउने , जाने भैरहेको स्थानीयले बताएका छन । अहिलेको अवस्थामा सबैलाई टेलीफोन, नेट अत्यावश्यक भएको र यो नहुदा प्रायःको दैनिक कामकाजमा ठुलो प्रभाव परेको स्थानीय भरत बुढाले बताए । यता टेलीकमले भने बिद्युत नभएकै कारण टावर संचालनमा समस्या भएकाे जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार