शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • ७ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा पक्राउ

७ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा पक्राउ

  • बुधबार, बैशाख ८, २०७८
७ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा पक्राउ

७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा वीरगञ्जबाट प्रहरीले ३६ वर्षीय प्रमोद सर्राफलाई पक्राउ गरेको छ ।

सोमबार वीरगञ्ज महानगरपालिका–२४ मा बाबु आमा नभएको मौका परेर सर्राफले ७ वर्षीया बालिकालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । छिमेकीकी छोरीलाई उनले १० रुपैयाँ दिएर फकाउँदै आफ्नो घरमा लगेर बलात्कार गरेका थिए ।

बालिकाकी बावु–आमाले दिएको सूचनाको आधारमा प्रहरीले मंगलबार साँझ प्रमोदलाई पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार