बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाचार
  • आगलागीबाट १ वर्षीया बालिकाको मृत्यु, आमा घाइते

आगलागीबाट १ वर्षीया बालिकाको मृत्यु, आमा घाइते

  • मङ्लबार, बैशाख ७, २०७८
आगलागीबाट १ वर्षीया बालिकाको मृत्यु, आमा घाइते

दाङ — आगलागीमा परि १ वर्षीया बालिकाको मृत्यु भएको छ, भने आमा घाइते भएकी छन् ।

दाङको राप्ती गाउँपालिका–५ कालापानीमा सोमबार आगो ताप्ने क्रममा शरीरमा लगाएको कपडामा आगो सल्किँदा आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागीमा जलेर गम्भीर घाइते भएकी बालिकाको लमही अस्पताल दाङमा उपचारका क्रममा मृत्यु भएको हो ।

घाइते ४४ वर्षकी आमा पुनम सुनारको लमही अस्पतालमा नै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार