शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • दिल्ली लकडाउनमा दोहोरियो पुरानै दृश्य, घर फर्कन थाले आप्रवासी कामदार (फोटोफिचर)

दिल्ली लकडाउनमा दोहोरियो पुरानै दृश्य, घर फर्कन थाले आप्रवासी कामदार (फोटोफिचर)

  • मङ्लबार, बैशाख ७, २०७८
दिल्ली लकडाउनमा दोहोरियो पुरानै दृश्य, घर फर्कन थाले आप्रवासी कामदार (फोटोफिचर)

कोरोना संक्रमणको बढ्दो मामिलालाई ध्यानमा राखेर दिल्लीमा एक साताका लागि लकडाउन घोषणा गरिएको छ । यससँगै आप्रवासी कामदारहरु घर फर्किने क्रम सुरु भएको छ । कौशान्बी बस स्टेशनमा सोमबार प्रवासी कामदारहरु सामान बोकेर बस कुरिरहेका थिए । कोही छतमै बसेर यात्रा गर्न पनि तयार थिए ।

सोमबारै दिल्लीमा मुख्यमन्त्री अरविन्द केजरीवालले एक साता लामो लकडाउन घोषणा गरेका थिए । लगत्तै प्रवासी श्रमिकहरु सामान बोकेर बस अड्डा पुगे ।

प्रवासीहरूको भीडमा कारण बस स्टेशनमा शारीरिक दूरीलगायत नियमहरु पालना हुनसक्ने अवस्था नै थिएन, बरु छतमै बसेर मानिसहरु यात्रा गरिरहेका थिए ।

गत वर्ष पनि लकडाउनपछि यसरी नै प्रवासीहरू आ–आफ्ना घर फर्किएका थिए । त्यस समय सवारी साधन नपाउँदा कतिपय कामदारहरूले सयौं किलाेमिटर यात्रा हिँडेरै गरेका थिए ।

भारतको राजधानी दिल्लीमा पश्चिम बंगाल, उत्तर प्रदेश, बिहारलगायतका विभिन्न राज्य तथा नेपालबाट समेत प्रवासीहरू कामका लागि जाने गरेका छन् ।

लकडाउनले काम खोसिएपछि एकातर्फ कोरोनाको त्रास र अर्कोतर्फ रोजीरोटीको चिन्ताले उनीहरुलाई सताएको छ । दिल्लीमा सोमबार २३ हजारभन्दा धेरैमा कोरोना पुष्टि भएको थियो भने २ सय ४० जनाभन्दा धेरैले ज्यान गुमाएका थिए ।

चर्चामा

सम्बन्धित समाचार