बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाचार
  • बञ्चरो प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ

बञ्चरो प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ

  • मङ्लबार, बैशाख ७, २०७८
बञ्चरो प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ

काठमाडौँ — बञ्चरो प्रहार गरी लुटपाट गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् ।

काठमाण्डौ महानगरपालिका १६ बालाजु गंगाहल नजिक सार्वजनिक स्थानमा भाग्दै गरेको अवस्थामा उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गोरखाका १८ वर्षीय सुमन परियार, मकवानपुरका २१ वर्षीय सुरज तामाङ र औखलढुंगाका १८ वर्षीय छिरिङ मोक्तान रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट प्रहरीले कालो बिड भएको फलामे बञ्चरो, डेढतोला सुनको सिक्री र एक थान हुवावे मोबाइल बरामद गरिएको जनाइएको छ ।

चर्चामा

सम्बन्धित समाचार