शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • हावाहुरी र चट्याङको सम्भावना, सतर्क रहन आग्रह

हावाहुरी र चट्याङको सम्भावना, सतर्क रहन आग्रह

  • शनिबार, बैशाख ४, २०७८
हावाहुरी र चट्याङको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं– देशका विभिन्न भू–भागमा आज पनि हावाहुरी र मेघ गर्जनसहित चट्याङको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशका पहाडी भू–भागका केही स्थानमा र तराईका थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी/असिनासहित क्षणिक वर्षाको सम्भावना छ ।

“दिउँसो १२ बजेपछि काठमाडौंसहित देशका पहाडी भू–भागका केही स्थान र तराईका थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी/असिनासहित क्षणिक वर्षाको सम्भावना रहेको छ,” मौसमविद् राजु प्रधानाङ् भन्छन्, “हिजोकै समयमा मौसममा बदली आउने छ । हावाहुरी र चट्याङको पनि सम्भावना रहेकाले यसबाट बच्न सतर्क हुनुपर्ने छ ।”

मध्यान्ह अगाडि भने मौसम सामान्य रहने छ । स्थानीय वायु सक्रिय हुने भएकाले हावा–हुरी र मेघ गर्जनसहित चट्याङको सम्भावना रहेको उनको भनाइ छ ।

चर्चामा

सम्बन्धित समाचार