शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • बाँकेमा कोरोना संक्रमित पुरुषको मृत्यु

बाँकेमा कोरोना संक्रमित पुरुषको मृत्यु

  • बिहिबार, बैशाख २, २०७८
बाँकेमा कोरोना संक्रमित पुरुषको मृत्यु

काठमाडौं– बाँकेमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट एकजना पुरुषको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बाँकेको खजुरा-२ का ४२ वर्षीय पुरुषको उपचारको क्रममा बुधबार राति १० बजे मृत्यु भएको हो ।

नेपालगञ्जस्थित मेडिकल कलेजमा बुधबार नै गरिएको पीसीआर परीक्षणमा उनीमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टिभएसँगै अस्पतालमा भर्ना भएका उनको उपचारकै क्रममा बुधबार राति मृत्यु भएको फोकल पर्सन ओलीले जानकारी दिए । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार