शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • राजनीति
  • भीम रावलले सुदूरपश्चिममा समानान्तर कमिटी घोषणा गर्दै

भीम रावलले सुदूरपश्चिममा समानान्तर कमिटी घोषणा गर्दै

  • मङ्लबार, चैत्र २४, २०७७
भीम रावलले सुदूरपश्चिममा समानान्तर कमिटी घोषणा गर्दै

धनगढी–सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेको माधव नेपाल समूहले समानान्तर कमिटी बनाउने भएको छ। सोमबारदेखि धनगढीमा सुरु भएको माधव पक्षीय प्रदेशस्तरीय बिस्तारिक बैठकले समानान्तर कमिटी बनाउने तय गरेको हो।

एमालेबाट ६ महिनाका लागि निलम्बित माधव समूहका नेता भीम रावलको नेतृत्वमा सोमबारदेखि प्रदेश पार्टी कार्यालयमा बैठक सुरु भएको छ। सोमबार बैठक नसकिएपछि मंगलवार पनि जारी रहने भनिएको छ।

मङ्गलवार कमिटी बिस्तार गर्ने निर्णय गर्दै बैठक सकिने बैठकमा सहभागी एक नेताले बताए। उनले बताए अनुसार दार्चुला, बैतडी र बाजुरामा आफु निकटका नेतालाई ऐमाले जिल्ला कमिटी अध्यक्ष बनाउने रणनीती तय भएको छ।

केही दिनअघि एमालेले माधव समूह रहेका जिल्लाका पदाधिकारीहरूलाई हटाएर उक्त स्थानमा संस्थापन पक्षकाहरुले जिम्मेवारी पाएका थिए। जिल्लामा जिम्मेवारीविहीन भएका अध्यक्षहरूले उक्त निर्णय नमान्ने बताएका छन्।

नेता रावलले बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र ओली समूहले गरेको एकपक्षीय निर्णयहरू कार्यान्वयन नहुने बताएका थिए। नेकपा एकताअघि एमालेको सुदूरपश्चिम इन्चार्ज समेत रहेका रावललाई हटाएर साबिक नेकपामै हुँदा लेखराज भट्टलाई सो जिम्मेवारी दिइएको थियो। #साभार दिनेश

चर्चामा

सम्बन्धित समाचार