शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बडिमालिका
  • सामुदायीक बनहरुमा सबैभन्दा बढि लापरबाही छ : नगर प्रमुख बडुवाल

सामुदायीक बनहरुमा सबैभन्दा बढि लापरबाही छ : नगर प्रमुख बडुवाल

  • मङ्लबार, चैत्र १७, २०७७
सामुदायीक बनहरुमा सबैभन्दा बढि लापरबाही छ : नगर प्रमुख बडुवाल

बाजुरा — जिल्लामा रहेका सामुदायीक बनहरुमा सबै भन्दा बढि भ्रष्टचार र लापरबाही तरीकाबाट चलेको बताएका छन । सामुदायीक बन उपभोक्ता महासघं बाजुराद्धारा आयोजित एक कार्यक्रममा नगर प्रमुख बडुवालले यस्तो बताएका हुन ।
सामुदायीक बनहरुमा हरेक बर्षको दुई पटक साधारण सभा गर्नुपर्ने बिधानअनुसार अधिबेशन गर्नुपर्ने भएता पनी बडिमालिका नगरपाकिलाका सामुदायीक बन लगायत जिल्लाका कुनै पनी सामुदायीक बनहरुले त्यस्तो नगरेको नगर प्रमुख बडुवालले बताएका छन ।
बडिमालिका नगरपालिकाका धेरै सामुदायीक बनहरु १० बर्षदेखी अधिबेशन लेखा परिक्षण र साधारण सभा समेत नगरेका सामुदायीक बनहरुलाई तत्काल कार्बाहीको दायारामा ल्याउन जिल्ला बन डिभिजन कार्यालयलाई अनुरोध गरेका ।
जिल्ला महासघं स्थानीय महासघं सामुदायीक बन समुहको संस्थागत क्षेमता बिकाश तथा परिचालन कार्यबिधी सम्बन्धी अभिमुखीकरण कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर प्रमुख बडुवालले जिल्ला बन डिभिजन कार्यालयले सामुदायीक बनहरुलाई ससक्त बनाउनु पर्नेमा केही नगरेको बताएका छन ।
सामुदायीक बनहरुले आफ्नो काम कर्तब्य र अधिकार के हो भन्ने कुरा समेत नपाईएकोले यस बिषयमा डिभिजन कार्यालयलाई ससक्त भएर अगि बढ्न अनुरोध समेत गरेका छन ।
सामुदायीक बन उपभोक्त महासघं बाजुराकी अध्यक्ष देबु न्यौपानेको अध्यक्षतामा संचालन भएको कार्यक्रमका प्रमुख अतिथि बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवाल रहेका थिए भने बिषिस्ठ अतिथि जिल्ला बन डिभिजन कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख हरी यादव रहेका थिए । तुल्सीराम रोकायाले संचालन गरेको सो कार्यक्रममा संस्थागत क्षेमता बिकाश तथा परिचालन कार्यबिधीका बिषयका सम्बन्धमा सामुदायीक बन उपभोक्ता महासघंका केन्द्रीय सदस्य शेर बहादुर शाहीले सहजीकरण गरेका थिए ।
सामुदायीक बन उपभोक्ता महासघंका स्थानीय तह, जिल्ला, प्रदेश र केन्द्रीय सदस्यहरुको समेत सहभागीता रहेको कार्यक्रममा उपभोक्त महासघंले गर्नुपर्ने काम कर्तब्य र अधिकार पछिल्लो समयमा उपभोक्ता महासघंले ल्यायका नया अवधारणाका बिषयमा केन्द्रीय सदस्य शाहीले सहजीकरण मार्फत जानकारी गराएका थिए । जिल्ला भरका बिभिन्न सामुदायीक बनका २२ जना भन्दा बढिको सहभागीता रहेको सो कार्याक्रम सदरमुकाम मार्तडीको अपि होटलको हलमा संचालन गरिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार