बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • खनाल-नेपाल पक्षीय स्थायी कमिटी बैठक सुरु

खनाल-नेपाल पक्षीय स्थायी कमिटी बैठक सुरु

  • मङ्लबार, चैत्र १७, २०७७
खनाल-नेपाल पक्षीय स्थायी कमिटी बैठक सुरु

काठमाडौं — नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ६ महिनाका लागि निलम्बन गरेपछि झलनाथ खनाल र माधवकुमार नेपाल पक्ष आन्तरिक रणनीतिका तय गर्न छलफलमा जुटेको छ । मध्याह्न १ बजेबाट कलंकीस्थित मेगा बैंक्वेटमा नेपाल पक्षीय स्थायी कमिटी सदस्यहरू छलफलमा जुटेका हुन् । देशव्यापी समानान्तर संरचना बनाउने नेपाल समूहको रणनीति छ ।

केन्द्रदेखि आधारभूत तहसम्मै त्यस्ता संरचना बनाएर पार्टी विभाजनको आधार तयार गर्ने योजना देखिन्छ । त्यसका लागि ठोस नीति भने नेपाल समूहले लिन सकेको छैन । आजको छलफलबाट एउटा दिशा तय गरिने स्थायी समिति सदस्य घनश्याम भुसालको भनाइ छ।

छलफलमा वरिष्ठ नेता झलनाथ खनालबाहेक सबै सहभागी भएका छन् । नेपाल समूहमा १४ जना स्थायी कमिटी सदस्य छन् । नेता नेपालसहित युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, मुकुन्द न्यौपाने, सुरेन्द्र पाण्डे, अमृत बोहरा, रघुजी पन्त, बेदुराम भुसालबीच छलफल जारी छ । नेता खनाल भने १ः३० बजेसम्म पनि बैठकमा पुग्न सकेका छैन । ढिलो गरि भएपनि उनी बैठकमा भने सहभागी हुने बुझिएको छ ।

चर्चामा

सम्बन्धित समाचार