बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाज
  • कैलालीमा सोमबार दिनभरिः ७ जुवाडेसहित २८ जना नियन्त्रणमा, ५९ सवारी कारवाहीमा

कैलालीमा सोमबार दिनभरिः ७ जुवाडेसहित २८ जना नियन्त्रणमा, ५९ सवारी कारवाहीमा

  • मङ्लबार, चैत्र १७, २०७७
कैलालीमा सोमबार दिनभरिः ७ जुवाडेसहित २८ जना नियन्त्रणमा, ५९ सवारी कारवाहीमा

धनगढी — सोमबार कैलालीमा प्रहरीले ७ जुवाडेसहित २८ जनालाई नियन्त्रणमा लिएको छ। भने ५९ सवारी साधनलाई कारवाही गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाका अनुसार होली पर्वका बीच मादक पदार्थ सेवन गरि जुवातास खेल्ने, होहल्ला गर्ने, उच्छृंखल गतिविधि गर्ने २८ जनालाई नियन्त्रणमा लिएको हो। धनगढी ४ चटकपुरस्थित शहीद गेट नजिकै जुवा खेल्ने क्रममा प्रहरीले १ लाख ४८ हजार ९५० नगदसहित ७ जुवाडेलाई पक्राउ गरेको हो।

तर उनीहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन। उनीहरुलाई जुवा सम्बन्धी कानुन अनुसार कारवाही गर्ने बताएको छ। यसैबीच जिल्लाको विभिन्न स्थानमा चेकजाँचको क्रमा ५९ सवारी कारवाहीमा परेको जनाइएको छ।

कारवाहीमा पर्ने मोटरसाइकल चालक बढी रहेको बताइएको छ। भने ८ वटा सवारी दुर्घटना समेत भएको कैलाली प्रहरीले जनाएको छ। विभिन्न प्राकृतिक हित विपरितका गतिविधिमा संलग्न भइ पक्राउ परेका व्यक्तिहरुलाई केश अनुसार कारवाही गर्ने र उनीहरुको अभिभावकलाई बुझाइने प्रहरीले बताएको छ।

चर्चामा

सम्बन्धित समाचार