मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • समाज
  • प्रेमिकालाई जलाउन खोजेको आरोपमा युवक पक्राउ

प्रेमिकालाई जलाउन खोजेको आरोपमा युवक पक्राउ

  • बिहिबार, चैत्र १२, २०७७
प्रेमिकालाई जलाउन खोजेको आरोपमा युवक पक्राउ

काठमाडौं– काठमाडौंको काँडाघारीमा प्रेमिकालाई मट्टितेल छर्केर जलाउने प्रयास गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा २१ वर्षीय सुरज श्रेष्ठ छन् । काठमाडौं प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहका अनुसार घटना ८ चैतको हो ।

‘दिदीको कोठामा भेटेको बेला सुरजले प्रेमिकालाई मट्टितेल हालेर जलाउने प्रयास गरेको पीडितको बयान छ’, उनले भने, ‘घटनामा दुवै जना घाइते भएपछि कीर्तिपुर अस्पतालमा उपचार जारी छ ।’ पीडितले प्रहरीसमक्ष जाहेरी दिइसकेका भने छैनन् । एसएसपी सिंह भन्छन्, ‘दुवै उपचारका क्रममा भएकाले केही ढिलाइ भयो, भोलि दिने भन्नुभएको छ ।’

प्रहरीका अनुसार पीडित किशोरीले सुरुवातमा स्टोभबाट मट्टितेल पोखिएर दुर्घटना भएको दाबी गर्दै आएकी थिइन् । तर, परामर्शपछि प्रेमीले आगो लगाएको बताएकी हुन् । उनीहरु दुवैजना लागूऔषध दुर्व्यसनी भएको प्रहरीको दावी छ । उनीहरुको पछिल्लो समय पटकपटक झगडा हुने गरेको प्रहरीले बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार