बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगको अध्यक्षमा बोहरा

सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगको अध्यक्षमा बोहरा

  • बिहिबार, चैत्र १२, २०७७
सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगको अध्यक्षमा बोहरा

धनगढी– सुदूरपश्चिम प्रदेशको लोक सेवा आयोगमा यज्ञराज बोहरा नियुक्त भएका छन्। प्रदेश सरकारले चैत ९ गते पूर्व प्रशासक बोहरालाई आयोगको अध्यक्षमा नियुक्त गरेको हो। बोहरा यसअघि कैलालीमा प्रमुख जिल्ला अधिकारी थिए। कैलालीबाट गृह मन्त्रालय सरुवा भएका बोहराले लोक सेवा आयोगको अध्यक्ष हुने भएपछि अवकाश हुनु एक महिना अगाडि राजीनामा दिएका हुन्।

बोहरासँगै पूर्वप्रशासक लक्ष्मण खड्का र शिक्षिका भागरथी राना थारू आयोगको सदस्यमा नियुक्त भएका छन्। यस्तै सुदूरपश्चिम प्रदेश लोकसेवा आयोग गठन, काम कर्तव्य तथा अधिकारसम्बन्धी विधेयकमा दोस्रो पटक संशोधन गरिएको छ।

सुदूरपश्चिम प्रदेश सरकारले नियुक्त गरेका प्रदेश लोक सेवा आयोगका पदाधिकारीलाई शपथ खुवाउन बिहीबारको प्रदेश सभा बैटकबाट ऐनमा संशोधन गरिएको हो। यसअघि पनि यस ऐनमा पदाधिकारीको नियुक्तिमा समानुपातिक र समावेशी शब्द छुटेका कारण संशोधन गरिएको थियो।

चर्चामा

सम्बन्धित समाचार